एजेन्सी – म्यानचेस्टर सिटीका लेजेन्ड भिन्सेन्ट कोम्पनी रेलिगेसनबाट बच्ने प्रयासमा रहेको बर्नलेको सम्भावित प्रशिक्षकको रुपमा देखा परेका छन्। अप्रिलको मध्य केहि खालि रहेको प्रशिक्षकको पदमा कोम्पनीलाई नियुक्त गर्न बर्नले इच्छुक देखिएको हो।
फुटबलबाट सन्यास लिएपछि कोम्पनी हाल आफ्नो जन्मभूमि बेल्जियममा एन्डरलेच्टको प्रशिक्षकको रुपमा रहेका छन्। प्रशिक्षकको रूपमा एन्डरलेच्ट उनको पहिलो क्लब हो।
बर्नलेको केहि साता अगाडी मात्रै सिन डाइचेलाई बर्खास्त गरेको थियो। बर्नलेलाई दिर्घकालिन रुपमा काम गर्ने प्रशिक्षक चाहिएको छ। रेलिगेसनबाट बच्न प्रयास गरिरहेको बर्नलेको नजरमा म्यानचेस्टर युनाइटेडका वेन रुनी पनि रहेका छन्। सो पदका लागि मिडल्सब्रोका क्रिस वाइल्डर र ब्रागाका कार्लोस कार्भाल पनि बर्नलेको नजरमा रहेका छन्।
मात्रै ३६ वर्षका कोम्पनी सन् २०२० देखि एन्डरलेच्टको प्रशिक्षकको रुपमा रहेका छन्। उनले जिम्मेवारी सम्हालेपछि एन्डरलेच्ट बेल्जियन लिगमा दुई पटक तेस्रो भएको छ। जारी सिजनमा एन्डरलेच्ट प्लेअफमा पुगेको छ। यस हिसाबले एन्डरलेच्ट अझै उपाधि होडमा छ।
बर्नले अहिले प्रिमियर लिगमा रेलिगेसन जोनबाट एक स्थान मात्रै माथि छ। १७ औं स्थानमा रहेको उसले ३३ खेल खेल्दा ३१ अंक बनाएको छ। रेलिगेसनबाट बच्न बर्नलेले एभर्टन, वाटफोर्ड, लिड्स युनाइटेड जस्ता क्लबहरुसँग प्रतिष्पर्धा गरिरहेका छन्।