वैशाख २६ गते सम्म कुन राशिलाई कति शुभ ? हेर्नुहोस् साप्ताहिक राशिफल !

मेष (चु चे चो ला लि लु ले लो अ)

साता राम्रो खालको छ । भोजभतेर प्रशस्त पर्ने छन् । इष्टमित्रसँग पनि भेटघाट भइरहला र तिनीहरूको स्वागत सत्कारका लागि खर्च गर्नुपर्नेछ । आर्थिक स्थिति त्यति कमजोर खालको छैन । व्यापारको कामबाट भने सामान्य लाभ मात्र होला ।

वृष (इ उ ए ओ वा वी वु वे वो)

सुरुमा बढी खर्च हुनेछ । सोमबारदेखि मात्र केही नियन्त्रण आउला तैपनि खर्च गर्नुपर्ने क्रम भने घट्ने छैन । मित्रबाट राम्रो मद्दत पाइनेछ । परिवारमा पनि अति राम्रो वातावरण रहला । सामान्य कामबाट भन्दा प्राविधिकखाले कामबाट बढी लाभ लिन सकिनेछ ।

मिथुन (का कि कु घ ङ छ के को हा)

सातालाई राम्रै रूपमा लिन सकिन्छ । आर्थिक स्थिति बलियो नै रहला तर असल काम गर्न लाग्दा बाधा हाल्ने तìव बढी नै हुनेछन् । जागिरबाट भन्दा व्यावसायिक कामबाट बढी लाभ हुनेछ । स्वास्थ्यको स्थिति मध्यम खालको छ । साताको सुरुमा सोचेको भन्दा बढी फाइदा हुनेछ ।

कर्कट (ही हु हे हो डा डि डु डे डो)

मनमा डर त लागिरहला तर बिग्रने समय छैन । मद्दत गर्ने प्रशस्त भएकाले जस्तोसुकै समस्या आइपरे पनि त्यसलाई टार्न सकिनेछ । दाम्पत्य जीवनमा राम्रो मेलमिलाप रहला । विवाहसम्बन्धी कुरा पनि सफलताको शिखरमा पुग्नेछ । यात्रा हुने समय पनि छ ।

सिंह (मा मि मु मे मो टा टी टू टे)

सुरुका दुई दिनमा बढी डर लाग्ला । सोमबारदेखि भने मनमा भएको त्रास घटेर काम गर्नतिर उत्सुकता बढ्ला तर बाधा दिने तìव भने अझै घटेका छैनन् । स्वास्थ्यको स्थिति अ ́ै पनि पूरा राम्रो छैन । गणेशको दर्शन नगरी आइपर्ने विघ्नबाधालाई हटाउन सकिने छैन । पढाइ मध्यम छ ।

कन्या (टो पा पी पू ष ण ठ पे पो)

मङ्गलबारसम्मका दिन राम्रा खालका छैनन् । गरेका काममा सफलता नपाउनाले मन खिन्न होला । बुधबारदेखि भने सामान्य प्रगति मात्र देखिन्छ । व्यावसायिक कार्यबाट पनि सोचेको जति प्रगति देखिन्न । नारायणको दर्शन र आराधनाले बाधा घट्न सक्छन् ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

यात्रा हुने समय छ तर त्यो यात्राबाट त्यति विशेष लाभ भने लिन सक्नु हुने छैन । विपक्षीसँग लड्न सक्ने क्षमता भए पनि ठूलो सफलता भने हात लाग्ने छैन । बौद्धिक स्थिति एकदम कमजोर छ । त्यसैले मुखबाट वाणी निकाल्दा अति संयमित हुनुहोस् । पढाइमा कमी छ ।

वृश्चिक (तो ना नि नू ने नो या यि यू)

यो सातालाई राम्रै भन्नुपर्छ । विपक्षी सेलाउनेछन् । मुद्दामामिलामा तपाईंकै पक्ष बलियो छ । स्वास्थ्यको स्थिति सप्रँदै आउला । घरपरिवारले दिएको सल्लाहलाई अन्यथा नसम्झनुहोस् । आन्तरिक व्यापारभन्दा बाह्य व्यापारबाट बढी फाइदा हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

सुरुका दुई दिनमा बढी खर्च भए पनि सोमबारबाट त्यसलाई उठाउन सकिनेछ । पढाइ र लेखाइ दुवैतिर राम्रो प्रगति होला । बौद्धिक स्तर त्यति नराम्रो छैन । बाधा दिने तìव त छन् तर तिनीहरूसँग पराजित हुनुपर्ने छैन । मङ्गलले तपाईंलाई धेरै टेवा दिनेछ ।

मकर  (भो जा जी जू जे जो ख खी खू खे खो गा गी)

सुरुमा स्वास्थ्यसम्बन्धी समस्या परेर प्रशस्त खर्च गर्नुपर्नेछ । त्यसैले यो सातालाई पूरा राम्रो भन्न मिल्दैन । बाधा दिने तत्वहरु भएकाले लक्ष्य पूरा हुन निकै गाह्रो छ । गणेशको आराधना नगरीकन कुनै पनि कामलाई पूरा गर्न सकिने छैन । जागिरमा सन्तोष देखिँदैन ।

कुम्भ राशि  (गु, गे, गो, सा, सि, सु, से, सो, द)

साताको सुरुमा अलिकति काम बने पनि शनिबार बेलुकीदेखि त्यसमा बाधा तेर्सिन सक्छ । खर्च बढी र आम्दानी कम हुनाले मनमा खिन्नता भइरहला । शिक्षाको क्षेत्रमा सोचेको जति प्रगति देखिँदैन । व्यवसायमा समेत अल्झो आउला । शरीरलाई स्वस्थ राख्न गणेशको दर्शन गर्नुहोस् ।

मीन राशि  (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

खर्च घट्ने क्रममा छैन । अत्यावश्यक काममा भन्दा पनि फाल्तु काममा बढी खर्च गर्नु पर्नेछ । मनमा आध्यात्मिक विचारको विकास हुने समय छ । धार्मिक कार्यसमेत प्रशस्त हुनेछन् । मित्रबाट राम्रै सहयोग मिल्ला । बिहीबारको दिन भने स्वास्थ्यका लागि खराब छ ।

प्रकाशित : शनिबार, बैशाख १७, २०७९०७:४६

कांग्रेसले खोलो तर्यो लौरो बिर्स्यो, गठबन्धनमा तनाव !