सूर्य-राहु-शनिको दुर्लभ संयोग, यी ५ राशिको जीवनमा संकट ,रहनुहोस् सतर्क!

आज वर्ष कै पहिलो सुर्य ग्रहण लाग्दैछ। यो ग्रहण रातिको १२:१५ बाट प्रारम्भ भएर बिहान ४:०७ मा समाप्त हुनेछ। यो ग्रहण मेष राशि र भरणी नक्षत्रमा लाग्नेछ। त्यसैले सुटक सम्बन्धि नियमको पालना गर्न जरुरत छैन। तर पनि तीन ग्रहको दुर्लभ संयोगले केहि राशी सतर्क ह्नुनुपरने देखिन्छ।

सूर्य-चन्द्रमा-राहु संयोग

यस ग्रहणमा सूर्य, चन्द्रमा र राहुको संयोग हुनेछ । यस संयोगमा शनिको पनि दृष्टि रहनेछ। सूर्य, राहु र शनिको प्रभावले दुर्घटनाको सम्भावना रहनेछ। मेष राशिमा लागेको ग्रहणले विश्वभर युद्ध र विस्फोटको सङ्केत गर्छ।

सूर्य ग्रहणको समयमा के गर्न हुँदैन
सूर्यग्रहणको समयमा गर्भवती महिलाहरूले धेरै सावधान रहनुपर्छ। ग्रहणको समयमा गर्भवती महिलाहरूले धारिलो औजारको प्रयोग गर्नु हुदैन । यस समयमा पूजा गर्नु हुँदैन। ग्रहणको समयमा सूर्यको प्रकाशमा बाहिर निस्कनु हुँदैन। ग्रहणलाई नाङ्गो आँखाले हेर्नु हुदैन । यस अवधिमा कुनै पनि यात्रा स्थगित हुनुपर्छ।

यी ५ राशिका लागी होसियार हुनुहोस :

मेष– यस वर्षको पहिलो सूर्यग्रहण मेष राशिमा लाग्दैछ। त्यसैले यस राशिका व्यक्तिले आफ्नो स्वास्थ्य ख्याल गर्नुपर्छ। करियर र पढाइमा समस्या आउन सक्छ।

वृष– वृष राशिका व्यक्तिहरूले आफ्नो व्यापार र दाम्पत्य जीवनमा पनि ध्यान दिनु पर्ने देखिन्छ। सानातिना स्वास्थ्य समस्यालाई पनि बेवास्ता नगर्नुहोस्।

सिंह– सिंह राशिका व्यक्तिले अनावश्यक चिन्ता र विवादको सामना गर्नुपर्नेछ। बुवा र घरका ठूलाको स्वास्थ्यको ख्याल गर्नुहोला ।

तुला– पारिवारिक जीवनमा ख्याल गर्नुपर्नेछ। दुर्घटना हुन सक्छ। व्यापार तथा पैसाको लेनदेनमा विशेष ध्यान दिनुहोला ।

मकर- मकर राशिका व्यक्तिहरूले यस समयमा आफ्नो करियरमा जोखिम लिनु हुँदैन। नोकरी-व्यवसायमा ठूलो परिवर्तन तपाईका लागि हानिकारक हुन सक्छ।

 

 

प्रकाशित : शनिबार, बैशाख १७, २०७९१६:१२

यी ३ राशिको जीवन बन्दै निकै कष्टकर, शनि-मंगलको अशुभ संयोगले गर्नसक्छ तहस-नहस !