स्पान्योल विरुद्ध रियलको सानदार जित, चार खेल बाँकी हुँदै बन्यो च्याम्पियन !

एजेन्सी – स्पान्योलमाथि सानदार जित निकाल्दै रियल म्याड्रिड यो सिजनको स्पेनिस ला लिगाको च्याम्पियन बनेको छ । घरेलु मैदानमा स्पान्योललाई ४–० ले पराजित गरेपछि रियल चार खेल बाँकी छँदै च्याम्पियन बन्न सफल भएको हो ।

स्पान्योलविरुद्ध घरेलु टोलीको जितमा ब्राजिली युवा स्टार रोड्रिगोले दुई तथा मार्काे एसेन्सियो र करिम बेन्जेमाले समान एक गोल गरे । रियलले पहिलो र दोस्रो हाफमा समान दुई गोल गर्न सफल भएको थियो ।

खेलको सुरुवातदेखि नै पाहुना टोलीलाई दवावमा राखेपनि रियलले गोलको लागि ३३औं मिनेट कुर्नुपरेको थियो । ३३औं मिनेटमा रोड्रिगोले कप्तान मार्सेलोको पासमा गोल गर्दै घरेलु टोलीलाई सुरुवात अग्रता दिलाए । ४३औं मिनेटमा रोड्रिगोले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

५५औं मिनेटमा मार्काे एसेन्सियोले इडुआर्डाे कामाभिंगाको पासमा गोल गर्दै रियललाई सहज जिततर्फ अग्रसर गराए । ७२औं मिनेटमा इस्कोले गोल गरेपनि अफसाइड ठहरिदा गोलले मान्यता पाए ।

त्यसपछि ८१औं मिनेटमा परिवर्तित फरवार्ड करिम बेन्जेमाले गोल गर्दै रियलको फराकिलो जित पक्का गरे । ६०औं मिनेटमा मारियानो डियाजको स्थानमा मैदान छिरेका बेन्जेमाले अर्का परिवर्तित खेलाडी भिनिसिय जुनियरको पासमा गोल गर्न सफल भएका थिए । भिनिसियस७५औं मिनेटमा रोड्रिगोको स्थानमा मैदान छिरेका थिए ।

रियलको यो समग्रमा ३४औं ला लिगा उपाधि हो । रियल पछिल्लोपटक २०१९–२० को सिजनमा च्याम्पियन बनेको थियो । यो सिजन च्याम्पियन बन्ने क्रममा रियलले ३४ खेल खेल्दा २५ मा जित, ६ बराबरी र ३ हारको नतिजा निकाल्यो ।

रियलको च्याम्पियन यात्रामा यो सिजन करिम बेन्जेमा र भिनिसियस जुनियरको जोडी निकै जम्यो । यि दुईले यो सिजनको ला लिगामा यो जितसँगै शीर्षस्थानमा रहेको रियल म्याड्रिडको ३४ खेलबाट १ अंक पुगेको छ ।

रियल दोस्रो स्थानमा रहेको सेभियालाई १७ अंकले तथा एक खेल कम खेलेको बार्सिलोनालाई १८ अंकले पछि पारेको छ । अब रियलले बाँकी चार खेलमा हार भोगेपनि च्याम्पियन बन्न कुनै बाधा हुनेछैन । पराजित स्पान्योल ३९ अंक जोडेर १३औं स्थानमा रहेको छ ।

प्रकाशित : शनिबार, बैशाख १७, २०७९२२:०२

कार्लो एन्सेलोट्टीको नयाँ रेकर्ड, गरे कसैले नसकेको काम !