स्थापितले बालेनलाई अन्तर्राष्ट्रिय ठग भनेपछि …

काठमाडौँ – नेकपा एमालेका नेता तथा काठमाडौं महानगरको मेयरका उम्मेदवार केशव स्थापितले स्वतन्त्र उम्मेदवार बालेन शाहलाई ठगको आरोप लगाएका छन्। आइतबार काठमाडौँमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा स्थापितले शाहलाई अन्तर्राष्ट्रिय ठगको संज्ञा दिएका हुन्।

काठमाडौंमा भएको पार्टी प्रवेश कार्यक्रममा स्थापितले शाहले काठमाडौंवासीलाई ठग्ने काम गरेको आरोप लगाए। सुरुवातमै शाहले ठग कुरा गरेको स्थापितको आरोप छ। शाहले आफूलाई काठमाडौंमा जन्मेको पहाडिया ठकुरी भनेपनि उनी मधेसका साह रहेको खुलेको स्थापितले बताए।

“एउटा फुच्चे बालेन शाह भन्ने रहेछ,त्यो त अन्तर्राष्ट्रिय ठग रहेछ। युवाहरूले सुनौँ है । म सित परिचय गर्दा पनि म काठमाडौंमा जन्मेको पहाडिया ठकुरी भनेको थियो । तर, हिजो टिकटक हेरेको त मधेसतिरको साह रहेछ ।”,स्थापितले भने।

स्थापितले शाह दर्तावाल ठग रहेको आरोप लगाए। शाहले आफू मधेसको मान्छे हो भनेर आउन नसकेको स्थापितको आरोप छ। उनले सबै काठमाडौंवासीलाई ठग्न पाइन्छ भन्ने प्रश्न समेत गरे।

उनले भने,”सुरुवातमै ठग कुरा गर्ने ? दर्तावाल ठग रहेछ । यसरी सबै काठमाडौंवासीलाई ठग्न पाइन्छ ? मधेसको मान्छे भनेर आउने आँट गर्नुपर्दैन ? जहिले पनि चस्मा छोड्दैन भनेको जनतासँग आँखा जुधाएर हेर्ने तागत रैनछ। फेस टु फेस बसेर कुरा गर्नुपर्‍यो नि!”

प्रकाशित : आइतबार, बैशाख १८, २०७९२१:०३

“देश विकासका लागि एमालेले जित्नै पर्छ”