फेरी बेलको ढाड सड्किएपछि …

एजेन्सी – शनिबार राति रियल म्याड्रिडले स्पान्योलमाथि ४-० को जित निकाल्यो। सो जितसँगै रियल म्याड्रिड लालिगा च्याम्पियन समेत बन्यो। घरेलु मैदानमा स्पान्योललाई ४–० ले पराजित गरेपछि रियल चार खेल बाँकी छँदै च्याम्पियन बन्न सफल भएको हो।

३५ औं लालिगा उपाधि जितेपछि रियल म्याड्रिडले सान्टियागो बर्नाबेउमा उत्सव मनाए। सो उत्सवमा रियल म्याड्रिडका धेरै जस्ता अधिकारीहरु र खेलाडीहरु उपस्थित भए। तर लामो समय देखि रियलमा रहेका ग्यारेथ बेल भने सो उत्सवमा सहभागी भएनन्। ढाडमा समस्या देखिएपछि बेल सो उत्सवमा सहभागी हुन नसकेका हुन्।

बेल आफैंले ढाड सड्किएका कारण लालिगा जितेपछिको उत्सवमा सहभागी हुन नसकेको बताएका छन्। सामाजिक संजालमा एक स्ट्याटस राख्दै बेलले सो बारे जानकारी दिएका हुन्। त्यसक्रममा उनले रियलको पूरा टोलीलाई लालिगा उपाधिका लागि बधाई दिएका छन्।

उनले लेखेका छन्,”क्याम्पियनहरू ! ढाडको दुखाइका कारण आज साँझको उत्सवमा सहभागी हुन नसकेकोमा धेरै निराश छु। तर उपाधि जितेकोमा टोलीप्रति साँच्चै गर्व छ।”

प्रकाशित : सोमबार, बैशाख १९, २०७९०९:५६

हालाण्ड सिटी गए यी खेलाडी सिटीबाट आउट !