श्रीमती, छोराछोरी, भाइ, साली मात्र होइन गर्लफ्रेन्डका छोरीलाई समेत टिकट !

काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवार थरीथरीका रहेका छन् । विभिन्न पार्टीबाट शीर्ष नेताहरूले आफ्नै परिवारका सदस्यलाई समेत उम्मेदवार बनाएका छन् । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।

देशैभरि पालिकाको प्रमुख तथा उपप्रमुखमा अधिकांश ठाउँमा स्थानीय नेताका श्रीमती नै उपप्रमुखको उम्मेदवार भएका छन् ।

राजनीतिक दलका शीर्ष नेताले आफ्ना श्रीमती, छोराछोरी, भाइबुहारी, सालीदेखि गर्लफ्रेन्डका छोरीलाई समेत उम्मेदवार बनाउन सफल भएको बताइएको छ ।

राजनीतिमा योगदान नभए पनि केन्द्रीय राजनीतिमा आफ्नो राम्रो प्रभाव भएकै कारण पालिकामा उनीहरूले परिवारका सदस्यलाई उम्मेदवार बनाएका हुन् ।

राजनीतिक विश्लेषक कृष्ण पोखरेल राजनीतिक दलका शीर्ष नेताहरूले परिवारकै सदस्य वा नाता पर्नेलाई उम्मेदवार बनाउने काम गलत भएको बताउँछन् । राजनीतिमा योग्दान गरेका एउटै परिवारका सदस्य उम्मेदवार हुनु राम्रो भए पनि राजनीतिमा योग्दान नै नभई नातागोतामा परेकै कारण उम्मेदवार बनाउनु गलत भएको उनले बताए ।

पार्टीका शीर्ष नेताले परिवारका सदस्यलाई उम्मेदवार बनाउनुका साथै अधिकांश पालिकामा उपप्रमुखको पदमा स्थानीय नेताकै श्रीमतीहरू उम्मेदवार भएको पत्रकार सञ्जय तिवारीले बताए ।

श्रीमती, छोराछोरी, भाइबुहारी मात्रै नभई एक नेताले आफ्ना गर्लफ्रेन्डका छोरीलाई समेत उम्मेदवार बनाउन सफल भएको उनले बताए । गर्लफ्रेन्डको छोरीलाई नै उपप्रमुखको उम्मेदवार बनाएपछि जिल्लामा चर्चाको विषय बनेको छ ।

प्रकाशित : सोमबार, बैशाख १९, २०७९०७:५७

नेपालमा फैलिँदै निको नै नहुने रोग !