काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। साताको पहिलो दिन आइतबार घटेको सुनको मूल्य नेपाली बजारमा आज पनि घटेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ८ सय रुपैंयाँले घटेको छ। जससँगै छापावाला सुनको मूल्य ९८ हजार २ सय रुपैंयाँ कायम भएको छ।
त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि ८ सय रुपैंयाँले नै बढेको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रतितोला ९७ हजार ७ सय रुपैंयाँमा कारोबार भइरहेको छ।
चाँदीको मूल्य
आज सुन मात्र नभई चाँदीको मूल्य पनि घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा रु १० ले घटेको हो। नेपाली बजारमा आज चाँदी १ हजार २ सय ९० रुपैंयाँमा कारोबार भइरहेको छ।