शनिले आफ्नो राशि परिवर्तन गरेका छन्। न्यायका देवता शनिदेव अप्रिल २९ बाट कुम्भ राशिमा प्रवेश गरेका छन्। जहाँ उनी मार्च २९, २०२५ सम्म विराजमाँ रहनेछन्। तर, बीचमा केही समयको लागि शनि आफ्नो पूर्व राशि मकर राशिमा पनि प्रवेश गर्नेछन्। मकर राशिमा शनिको गोचर अवधि केही महिनाको हुनेछ। शनि १२ जुलाई देखि १७ जनवरी २०२३ सम्म मकर राशिमा रहनेछ र त्यसपछि कुम्भ राशिमा प्रवेश गर्नेछ। २९ अप्रिलमा शनि कुम्भ राशिमा प्रवेश गर्नेबित्तिकै केही राशिका मानिसहरु शनिको सातीबाट मुक्त भएका छन्।
शनिको साढे सातीबाट यी राशिका मानिस हुनेछन् मुक्त:
अप्रिल २९ मा धनु राशिका व्यक्तिले शनि साढे सातीबाट मुक्ति पाएका छन्। शनिबाट मुक्ति मिल्ने बित्तिकै यस राशिको शुभ समय सुरु भएको छ। तपाईंको शनि दशाका कारण रोकिएका कामहरु अब बन्न थाल्छन्। आर्थिक स्थितिमा क्रमिक सुधार आउनेछ। कार्यस्थलमा तपाईंको कामको उच्च प्रशंसा हुनेछ। नयाँ परियोजना फेला पार्न सकिन्छ। यात्रा फलदायी साबित हुनेछ। समग्रमा तपाईंको लागि समय निकै अनुकूल देखिन्छ।
यी राशिमा सुरु हुनेछ शनिको दशा:
एकातिर धनु राशिका मानिस शनिको दशाबाट मुक्त भएका छन् भने अर्कोतर्फ मीन राशिका मानिसमा शनिको महादशा सुरु भएको छ। त्यसैले मीन राशिका व्यक्तिहरूले धेरै सावधानी अपनाउनुपर्छ। हरेक काममा विशेष ध्यान दिनु पर्नेछ। यस समयमा शनिसँग सम्बन्धित उपाय अवश्य गर्नु राम्रो हुनेछ। कसैको मन दुखाउनु हुँदैन। गलत तरिकाले पैसा कमाउने प्रयास नगर्नुहोस्।
यी राशिमा पनि रहनेछ शनिको दशाको प्रभाव:
शनिको साढे साती दशा एकै साथ तीन राशिमा चल्छ। जसमा विभिन्न चरणहरूले प्रत्येक राशि चिन्हलाई असर गर्छ। अहिले मीन राशिका लागि शनि दशाको पहिलो चरण, कुम्भ राशिका लागि दोस्रो चरण र मकर राशिका लागि अन्तिम चरण चलिरहेको छ। यी तीन चरणमध्ये सबैभन्दा पीडादायी दोस्रो चरणलाई मानिन्छ जुन कुम्भ राशिका व्यक्तिहरूमा अहिले चलिरहेको छ।