आज सुन ६५ दिनकै सस्तो ! कति ?

काठमाडौँ – साताको पहिलो दिन देखि नै घटिरहेको सुनको मूल्य आज पनि घटेको छ। गत साताको शुक्रबार बढेर यस साताको पहिलो दिन घट्न थालेको सुनको मूल्य आज पनि घटेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा १ हजार रुपैंयाँले घटेको छ। जससँगै छापावाला सुनको मूल्य ९७ हजार २ सय रुपैंयाँ कायम भएको छ।

त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि १ हजार रुपैंयाँले नै बढेको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रतितोला ९६ हजार ७ सय रुपैंयाँमा कारोबार भइरहेको छ।

सुन दुई महिना भन्दा बढी समयकै सस्तो

पछिल्लो गिरावट पछि सुन दुई महिना भन्दा बढी समयकै सस्तो भएको छ। आइतबार, सोमबार र मंगलबार गरी सुनको मूल्य १ हजार ८ सय रुपैंयाँले घटिसकेको छ। आज कायम भएको सुनको मूल्य फागुन १५ गते अर्थात् ६५ दिनकै सस्तो हो।

चाँदीको मूल्य

सुनको मूल्य घटेपनि आज चाँदीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको नेपाली बजारमा १ हजार २ सय ९० रुपैंयाँमा कारोबार भइरहेको छ।

प्रकाशित : मङ्गलबार, बैशाख २०, २०७९१०:४८

“पहिला–पहिला त चुनाव प्रचारमा हिंडेवापत ज्याला दिन्थे, यसपालि त्यसो गर्ने कोही आएनन्”