गत शनिबार रियल म्याड्रिडले ला लिगा सान्टान्डरको उपाधि जितेपछि बार्सिलोनाले यो सिजन कुनै पनि उपाधि नजित्ने पक्का भएको छ। यस्तोमा अब बार्सिलोनाले केही आवश्यक आर्थिक पूँजी सुरक्षित गर्न तालिकामा सकेसम्म उच्च स्थान हासिल गर्नुपर्नेछ।
प्रतिष्ठा यसको एक हिस्सा हो, तर च्याम्पियन्स लिगको अर्को संस्करणको लागि छनोट हुन र सुपरकोपा डे एस्पानामा खेल्ने पैसा उनीहरूको नाजुक आर्थिक अवस्थाका कारण बढी महत्त्वपूर्ण रहेको छ। दुई प्रतियोगिताबाट हुने आम्दानीबाट आगामी खेलहरूमा कम्तिमा ५० मिलियन यूरो दाउमा रहेको छ।
पहिलो लक्ष्य च्याम्पियन्स लिगका लागि छनोट हुनु हो। अर्को वर्ष युरोपको शीर्ष प्रतियोगितामा भाग लिन, क्लब छनोट हुन लिगमा शिर्ष चार टोलीहरू मध्ये एक हुनुपर्छ। र यसको मतलब ४२ मिलियन यूरोको रकम हो, जुन क्वार्टर फाइनलमा पुग्ने टोलीले कमाउने अनुमानित पैसा हो, उक्त राउण्ड सम्म क्लब पुग्ने अपेक्षा गरिएको छ। अबको लक्ष्य सुपरकोपा डे स्पानामा प्रवेश गर्नु हुनेछ। त्यसो गर्न, क्लब लिग तालिकामा दोस्रो स्थानमा रहनुपर्नेछ।
यद्यपि उनीहरूले हाल यो स्थान ओगटेका छन्, तर सेभिल्ला र एट्लेटिको म्याड्रिड नजिकिएसँगै उपविजेताको प्रतिस्पर्धा बलियो बन्दै गएको छ। यस प्रतियोगितामा खेल्नुका साथै अर्को सिजन थप एउटा उपाधि जित्ने विकल्प हुनुको अर्थ ८० मिलियन युरो आम्दानी हुनसक्छ, जसरी लुइस रुबियालेस र जेरार्ड पिकेबीचको अडियो टेपमा स्पष्ट भएको थियो।