पहिलो हाफमा चुटिएर पनि लिभरपुलले कमाल गर्यो, भिल्लारियल पराजित !

एजेन्सी – इंग्लिस क्लब लिभरपुल युइएइफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । स्पेनिस प्रतिद्धन्द्धी भिल्लारियललाई सेमिफाइनलको दुवै लेगमा पराजित गर्दै लिभरपुल उपाधिनजिक पुगेको हो ।

भिल्लारियलमा बुधबार राति भएको खेलमा सुरुवाती समयमा २–० ले पछि परेपनि लिभरपुलले ३–२ को पूनरागमन जित निकाल्न सफल हुँदा समग्रमा ५–२ को जित निकाल्न सफल भयो । पहिलो लेगमा लिभरपुलले २–० को जित निकालेको थियो ।

लिभरपुलको पूनरागमन जितमा फाविन्हो, लुइस डियाज र साडियो मानेले गोल गरे । भिल्लारियलका बोउलाय डिया र फ्रान्सिस कोक्विलिनको गोल सान्त्वना बन्यो ।

खेलको तेस्रो मिनेटमा बोउलाय डियाले गोल गर्दै भिल्लारियललाई सुरुवाती अग्रता दिलाए । उनले इटिने कापोइको पासमा गोल गर्न सफल भएको थियो । ४१औं मिनेटमा फ्रान्सिस कोक्विलिनले गोल गर्दै भिल्लारियलको फाइनल पुग्ने आशा देखाए । फ्रान्सिसले पनि इटिने कापोइको पासमा गोल गर्न सफल भएको थियो ।

दोस्रो हाफ भने लिभरपुलको नाममा रहँदा घरेलु टोली निरिह सावित बन्यो । ६२औं मिनेटमा फाविन्होले मोहम्मद सलाहको पासमा गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । ६७औं मिनेटमा परिवर्तित लुयस डियाजले ट्रेन्ट एलेक्सान्डर आर्नाेल्डको पासमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याउदै समग्रमा अग्रता बढाउन सफल भयो ।

७४औं मिनेटमा नावी केइटाको पासमा साडियो मानेले गोल गर्दै लिभरपुलको ३–२ को पूनरागमन जित पक्का गरे । । ८६औं मिनेटमा घरेलु टोली १० खेलाडीमा समेटिन पुग्दा खेलमा फर्कने सम्भावना न्युन बन्न पुग्यो । इटिने कापोइ दोहोरो पहेलो कार्ड खाँदै मैदानमा बाहिरियो । त्यसपछि थप गोल निस्कन नसक्दा लिभरपुल विजयी ुहन सफल भयो ।

अब लिभरपुलले उपाधिका लागि स्पेनिस क्लब रियल म्याड्रिड र इंग्लिस क्लब म्यानचेस्टर सिटीबीचको विजेतासँग मे २९ मा खेल्नेछ । रियल र सिटीले आज राति प्रतिस्पर्धा गर्दैछ । पहिलो लेगमा सिटीले ४–३ को जित निकालेको छ ।

प्रकाशित : बुधबार, बैशाख २१, २०७९०८:२४

रियलको मनोबल उच्च, बेन्जेमा र लुका मोडरिचमा पूर्ण विश्वास !