नेयमार माथि कडा प्रहार – ‘नेयमार फुटबलर रहेनन्, मुनाफाखोर भइसके’

एजेन्सी – फ्रान्सका पूर्व मिडफिल्डर जीन मिचेल लार्कले पेरिस सेन्ट जर्मेन(पिएसजी)का ब्राजिलियन फरवार्ड नेयमारको चर्को आलोचना गरेका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा लार्कले नेयमारको चर्को आलोचना गरेका हुन्।

लार्कका अनुसार नेयमार अब फुटबलर नै रहेनन्। नेयमारले जारी सिजनमा पिएसजी आएयताकै कम्जोर प्रदर्शन गरेको लार्कले बताए। नेयमारको पछिल्लो प्रदर्शनले उनी फुटबलर हुन् कि होइनन् भन्ने शंका नै उत्पन्न भएको लार्कको भनाई छ।

“यो नेयमारको पेरिस सेन्ट जर्मेन(पिएसजी) आएयताकै खराब सिजन हो। घरेलु लिगमा ११ गोल गरेपनि च्याम्पियन्स लिगमा त उनले खाता समेत खोल्न सकेनन्। ६ खेल खेल्दा एक गोल पनि गर्न नसक्नु दुखद छ।”,लार्कले भने।

लार्कले नेयमार फुटबल भन्दा पनि अन्य कार्यमा बढी व्यस्त हुन थालेको आरोप समेत लगाए। नेयमार फुटबल भन्दा रमाइलोमा बढी समय व्यतित गर्न थालेको लार्क बताउँछन्। उनका अनुसार नेयमार ‘मुनाफाखोर’ भइसकेका छन्।

लार्क भन्छन्,”सिजन समाप्त नहुँदै पोकर खेल्नु भन्दा राम्रो काम अरु केहि हुँदैनन्। नेयमार अब फुटबलर रहेनन्। उनी फुटबल मुनाफाखोर भइसके।”

नेयमारका लागि जारी सिजन त्यति सुखद रहेन। सिजनको मध्यमा घाइते हुन पुगेका उनी केहि महिना मैदान बाहिर रहन पर्यो। नेयमारले जारी सिजनमा पिएसजीका लागि २६ मात्र खेल खेल्न सके। त्यसमा उनले ११ गोल गरे भने ८ असिस्ट दिए।

नेयमारले २६ खेल मध्ये २० खेल फ्रेन्च लिग वान र बाँकी ६ खेल च्याम्पियन्स लिग अन्तर्गत खेलेका थिए। नेयमारले लिग वानमा ११ गोल गर्दा ६ असिस्ट दिए। तर च्याम्पियन्स लिगमा भने उनले एक पनि गोल गर्न सकेनन्। च्याम्पियन्स लिगका ६ खेलमा उनले मात्रै दुई असिस्ट दिए।

प्रकाशित : बुधबार, बैशाख २१, २०७९१३:३०

मेस्सी-रोनाल्डोको रेकर्ड माथि बेन्जेमाको नजर, सिटी विरुद्ध भूमिका ल्याउने तयारी !