ज्योतिष शास्त्रका अनुसार १२ राशि भएका हरेक व्यक्तिको स्वभाव फरक–फरक हुन्छ र सबैको गुण-अवगुण पनि फरक हुन्छा। साथमा मान्छेमा जतिसुकै राम्रा कुराहरु भएपनि हरेक राशिका मानिसमा एउटा ठूलो कमी हुन्छ जसले उनीहरुको लागि समस्या निम्त्याउन सक्छ। त्यसोभए जानौं राशि अनुसार तपाईंको सबैभन्दा ठूलो कमजोरी…
मेष राशि

मेष राशिका मानिसहरुको क्रोध निकै प्रबल हुन्छ। उनीहरूलाई कुनै पनि सानो कुरामा चाँडै नराम्रो लाग्छ र उनीहरू आफूलाई नियन्त्रण गर्न सक्षम हुँदैनन्। उनीहरुको यस्तो बानीले उनीहरुको सम्बन्ध र काममा बाधा पुर्याउँछ।
वृष राशि

वृष राशिका मानिसहरु आफ्नो सम्बन्धको बारेमा धेरै अधिकारवान हुन्छन् र उनीहरु तेस्रो व्यक्तिको हस्तक्षेप सहन सक्दैनन्। वृष राशिका व्यक्ति जिद्दी हुनुका साथै ईर्ष्याले भरिपूर्ण हुन्छन्।
मिथुन राशि

मिथुन राशिका व्यक्तिहरू मनस्थितिवान हुन्छन्। उनीहरूलाई कहिले राम्रो वा नराम्रो लाग्छ थाहा पाउन सजिलो छैन। यो तिनीहरूको मूड स्विंगको कारणले नै मानिसहरूसँग मदभेद उत्पन्न हुनसक्छ।
कर्कट राशि

कर्कट राशि भएका व्यक्तिहरू यति संवेदनशील हुन्छन् कि उनीहरूलाई सानो कुरामा नराम्रो लाग्छ। यो राशिका मानिसहरुको मनमा नकारात्मक सोच आउने गर्छ।
सिंह राशि

ज्योतिष शास्त्रका अनुसार सिंह राशिका मानिसहरुको स्वभाव धेरै हावी हुने खालको हुन्छ। यी मानिसहरु अरुलाई आफ्नो मन अनुसार चलाउन चाहन्छन्। तिनीहरूको घमण्ड नै तिनीहरूको सबैभन्दा ठूलो कमजोरी हो।
कन्या राशि

यदि कन्या राशिका मानिसहरूलाई कुनै कुरामा नराम्रो लाग्छ भने, तिनीहरू सजिलै माफ गर्न सक्षम हुँदैनन् र सानो कुरामा आफ्नो होस गुमाउँछन्।
तुला राशि

तुला राशिका मानिसहरुमा अरुको भर पर्ने नराम्रो बानी हुन्छ। यस राशिका मानिसहरु आफ्नो निर्णय सजिलै लिन सक्दैनन् र धेरै पटक अरुको कुरामा आएर गलत निर्णय लिन्छन्। जसका कारण पछि पछुताउनु पर्छ।
वृश्चिक राशि

वृश्चिक राशिका मानिसहरूमा बदला लिने भावना यति धेरै हुन्छ कि जबसम्म यी व्यक्तिहरूले अरूलाई पाठ सिकाउँदैनन् तबसम्म उनीहरूले शान्ति पाउँदैनन्।
धनु राशि

धनु राशिका व्यक्तिहरूले बिना सोचेर-बुझेर नै यस्ता कुरा बोल्छन् जसले कसैलाई चोट पुर्याउन सक्छ। साथै, तिनीहरूको मूडी स्वभावले तिनीहरूको लागि कहिलेकाहीं समस्या सिर्जना गर्दछ।
मकर राशि
![]()
मकर राशिका मानिसहरु अरुको भावनाको खासै वास्ता गर्दैनन्। उनीहरु आफ्नो अनुसार नै हिड्न मन पराउँछन्।
कुम्भ राशि

कुम्भ राशिका मानिसहरुको बारेमा विश्वास गरिन्छ कि यी व्यक्तिहरु कसैसँग छिट्टै घुलमिल हुन मन पराउँदैनन् अर्थात् अन्तर्मुखी हुन्छन्। तिनीहरू आफ्नो जीवनमा सबै कुरा आफ्नै इच्छा अनुसार गर्न चाहन्छन्। यो राशिका मानिसहरु कहिलेकाहीँ रिसमा हिंस्रक पनि बन्छन्।
मीन राशि

मीन राशिका व्यक्तिहरूले कसैलाई पनि चाँडै विश्वास गर्छन्, जसका कारण धेरै पटक पछि धोकाको सामना गर्नुपर्ने हुन्छ।

