यी युवा मिडफिल्डरका लागि लिभरपुल र रियल बीच कडा टक्कर !

एजेन्सी – विश्वसनीय पत्रकार फाब्रिजियो रोमानोले एएस मोनाकोका युवा मिडफिल्डर औरेलियन चौआमेनीलाई लिएर दुई क्लब बीच प्रतिष्पर्धा हुने भएको जानकारी दिएका छन्।

ट्रान्सफर मार्केट बारे राम्रो जानकारी राख्ने रोमानोले चौआमेनीलाई भित्र्याउन स्पेनिस महारथी रियल म्याड्रिड र प्रिमियर लिग क्लब लिभरपुल बीच प्रतिष्पर्धा हुने देखिएको बताएका हुन्।

एक मिडियाका लागि स्तम्भ लेख्दै रोमानोले चौआमेनीलाई रियल र लिभरपुल दुवैले पछ्याइरहेको बताएका छन्। दुवै क्लबले लामो समय देखि चौआमेनीलाई नजिकबाट नियालिरहेको रोमानोको भनाई छ।

“औरेलियन चौआमेनी निश्चित रूपमा लिभरपुल द्वारा निगरानी गरिएका खेलाडी हुन्। लिभरपुलले मोनाको मिडफिल्डरका एजेन्टसँग पनि कुराकानी गरिरहेको छ। यद्यपि यस अगाडीको ४५ मिलियन युरो मूल्यमा भने उनी उपलब्ध हुने छैनन्। चौआमेनीलाई भित्र्याउन अब पहिला भन्दा उच्च रकम आवश्यक पर्नेछ।”,रोमानोले स्तम्भ लेखेका छन्।

रोमानोका अनुसार चौआमेनी भित्र्याउने दौडमा लिभरपुल र रियल बीच कडा टक्कर हुने देखिएपनि सो दौडमा अन्य क्लबहरु पनि रहेका छन्। स्तम्भमा रोमानोले चौआमेनी नयाँ अनुभवका लागि तयार रहेको पनि उल्लेख गरेका छन्।

उनले लेखेका छन्,”चौआमेनी यस समरमा फरक अनुभवको लागि योजना बनाइरहेका छन् र लिभरपुल आफ्नो कदम चाल्न तयार छ। रियल म्याड्रिडले पनि उनलाई केहि समय देखि पछ्याइरहेको छ। लिभरपुलले उनलाई भित्र्याउन अन्य क्लबबाट पनि प्रतिस्पर्धाको सामना गर्नुपर्नेछ।”

प्रकाशित : बिहिबार, बैशाख २२, २०७९१५:३८

हालान्ड बारे यस्तो एक कारणले पछि हट्यो बार्सिलोना, अब पाए पनि नकिन्ने !