पोग्बा सहित पाँच मिडफिल्डर माथि पिएसजीको नजर ! को-को ? [सूची सहित]

एजेन्सी – लामो समय देखि च्याम्पियन्स लिग जित्ने योजना सहित अगाडी बढिरहेको पेरिस सेन्ट जर्मेन(पिएसजी) आउने सिजनका लागि केहि खेलाडी थप्ने तयारीमा छ। पिएसजीलाई विशेषगरी भरपर्दो मिडफिल्डर चाहिएको छ। त्यसको लागि पिएसजी अहिले देखि नै ट्रान्सफर मार्केटमा नाजार लगाइरहेको छ।

समर ट्रान्सफर विन्डोमा कसलाई-कसलाई भित्र्याउन सकिन्छ भनेर पिएसजी अध्ययन गरिरहेको छ। पिएसजीले समर ट्रान्सफर विन्डोमा भित्र्याउन सकिने खेलाडीहरुको सूची नै तयार पारिरहेको बताइन्छ।

फ्रेन्च मिडियाहरुका अनुसार पिएसजीको नजरमा पल पोग्बा, सेको फोफाना, खेफ्रेन थुराम, सर्गेज मिलिन्कोभिक-साभिक र निकोलो बरेला रहेका छन्। यी पाँच खेलाडी मध्ये केहिलाई भित्र्याउन पिएसजीले सक्दो प्रयास गर्ने फ्रेन्च मिडियाहरु बताउँछन्।

हाल म्यानचेस्टर युनाइटेडमा रहेका पोग्बाको सम्झौता यहि सिजनको अन्त्यमा सकिँदै छ। त्यसपछि उनी फ्री ट्रान्सफरमा उपलब्ध हुनेछन्। भित्र्याउन कुनै खर्च नलाग्ने हुँदा पिएसजी पोग्बालाई भित्र्याउने तर्फ अगाडी बढिरहेको छ।

सन् २०१६ मा युभेन्टसबाट युनाइटेड फिर्ता भएका पोग्बा पछिल्लो समय त्यति राम्रो प्रदर्शन गर्न सकिरहेका छैनन्। पोग्बालाई शरीरले पनि त्यति साथ दिरहेको छैन। पोग्बा अहिले पनि घाइते अवस्थामै छन्।

यस्तै फोफाना र थुराम अहिले राम्रो लयमा छन्। दुवै खेलाडी आ-आफ्नो लिग १ क्लब लेन्स र नाइसका लागि प्रभावशाली छन्। मिलिन्कोभिक-साभिक र बरेला सिरी ए का दुई उत्कृष्ट मिडफिल्डर हुन्। यी दुईलाई भित्र्याउन पिएसजीले राम्रो रकम खर्च गर्नुपर्नेछ।

प्रकाशित : बिहिबार, बैशाख २२, २०७९१४:१८

बार्सिलोना कै खेलाडी रियल म्याड्रिडको तारिफमा उत्रिए, रोड्रिगोको गरे खुलेर प्रशंसा !