एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुलका स्टार फरवार्ड मोहम्मद सलाहको चाहना पूरा हुने भएको छ। स्पेनिस महारथी रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको फाइनलममा प्रवेश गरेसँगै सलाहको चाहना पूरा हुने भएको हो।
मंगलबार राति मात्रै सलाहले च्याम्पियन्स लिगको फाइनलमा रियल म्याड्रिडसँग खेल्ने चाहना रहेको बताएका थिए। म्यानचेस्टर सिटीसँग जारी सिजनमा कयौं पटक खेलिसकेका कारण च्याम्पियन्स लिगको फाइनलमा रियलको सामना गर्न आफू इच्छुक रहेको सलाहको भनाई थियो।
सन् २०१८ मा लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा पराजित भएको थियो। त्यस बेला रियल ३-१ को गोल अन्तरले पराजित भएको थियो। सो हारको बदला लिनको लागि रियल फाइनलमा आइपुगोस् भन्ने सलाह चाहन्थे।,
“सिटी साँच्चै कठिन टोली हो, हामीले यस सिजनमा उनीहरूसँग केही पटक खेलेका छौं। यदि तपाईंले मलाई व्यक्तिगत रूपमा सोध्नुहुन्छ भने म म्याड्रिडलाई रुचाउँछु। हामी फाइनलमा उनीहरूसँग हारेका थियौं, त्यसैले म उनीहरूसँग खेल्न चाहन्छु।”,सलाहले भनेका थिए।
सलाहले चाहेजस्तै रियल च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरिसकेको छ। इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई सेमिफाइनलको दोस्रो लेगमा अतिरिक्त समयमा ३–१ ले पराजित गर्दै रियल फाइनलमा प्रवेश गरेको हो।
खेलको अन्त्यतिर पाँच मिनेटको अन्तरमा तीन गर्दै स्पेनिस क्लब रियल म्याड्रिडले सानदार पूनरागमन जित निकाल्यो। पहिलो लेगमा ३–४ ले पछि रहेको रियल दोस्रो लेगको खेलको अन्त्यतिर ३–५ को स्थितिमा रहँदा च्याम्पियन्स लिगबाट बाहिरिने संघारमा पुगेको थियो ।
तर, इन्ज्युरी समयको अन्त्यतिर ब्राजिली फरवार्ड रोड्रिगोले दुई तथा करिम बेन्जेमाले एक गोल गर्दै सर्वाधिक १३ पटकको च्याम्पियन रियललाई फाइनलको बाटो देखाए ।