शनि-मंगलको युति यी ३ राशिलाई रहनेछ अत्यन्त अशुभ, रहनुहोस् सावधान !

ज्योतिषशास्त्रका अनुसार मंगल र शनिको बीचमा शत्रुताको भावना हुन्छ। अप्रिल २९ देखि मे १७ सम्म मंगल र शनि एउटै राशिमा बसेर संयोग निर्माण गरिरहेका छन्। ज्योतिष शास्त्रका अनुसार शनि ग्रह २९ अप्रिलको दिन बिहान १०:१२ मा कुम्भ राशिमा प्रवेश गरेको छ। यस राशिमा मंगल ग्रह पनि विराजमान छ। कुम्भ राशिमा मंगल र शनिको संयोगले द्वैध योग बनिरहेको छ। यो योगलाई ज्योतिषमा निकै अशुभ मानिन्छ। यस संयोगको प्रभाव तीन राशिका मानिसहरुमा बढी रहनेछ, जसका कारण यी राशिका व्यक्तिहरुलाई कठिनाईको सामना गर्नु पर्न सक्छ-

कर्कट राशि 

कर्कट राशिको आठौं घरमा शनि-मंगलको योग बन्नेछ। आठौं घरलाई उमेर, खतरा र दुर्घटनाको घर मानिन्छ। त्यसैले यो राशिका मानिसहरु दुखी हुने सम्भावना रहन्छ। तिनीहरूले कार्यस्थलमा कुनै पनि प्रकारको जोखिमबाट जोगिनु पर्छ। यो संयोजनले एक प्रकारको दुर्घटनाको संकेत गरिरहेको छ।

कन्या राशि 

यो राशिको छैठौं घरमा शनि-मंगलको संयोग रहेको छ। यो घर ऋण, शत्रु, स्वास्थ्य र मेहनतको घर हो। त्यसैले यो समयमा आफ्नो स्वास्थ्यको धेरै ख्याल गर्नुपर्छ। खानपिनमा सावधानी अपनाउनु होला। अनावश्यक खर्च हुनेछ।

कुम्भ राशि 

कुम्भ राशीका व्यक्तिहरूलाई शनि-मंगलको युतिका कारण कठिनाइको सामना गर्नु पर्नेछ। यस अवधिमा तपाईंले धेरै सावधानी अपनाउनु पर्छ। कुम्भ राशिका व्यक्तिहरूमा क्रोध र चिडचिडापनको प्रभाव रहनेछ। जीवनसाथी र सहकर्मीसँग विवाद हुने प्रबल सम्भावना छ।

प्रकाशित : बिहिबार, बैशाख २२, २०७९१२:४२

ग्रहहरुको राजाको ग्रहचक्रमा ठूलो उथलपुथल, यी ६ राशिलाई हुनेछ अत्यन्त शुभ !