“पहिला कास्टिङ मात्र देखाएको थिएँ, अब पूरा फिल्म देखाउँछु”

काठमाडौँ – गठबन्धनका तर्फबाट भरतपुर महानगरपालिकाको मेयरकी उम्मेद्वार रेणु दाहालले पहिलो कार्यकालमा आफूले कास्टिङ मात्र देखाएको दावी गरेकी छन्। बिहिबार भरतपुरको केन्द्रीय बस टर्मिनलमा सत्ता गठबन्धनले योजना गरेको आमसभालाई सम्बोधन गर्नेक्रममा दाहालले मेयरको रुपमा पहिलो कार्यकालमा आफूले कास्टिङ मात्र देखाएको दावी गरेकी हुन्।

दाहालले पाँच वर्षको अवधिमा भरतपुरमा गर्व गर्न सकिने काम गरेको दावी गरिन्। विपक्षीहरुका अगाडि शिर झुकाउनु नपर्ने गरी काम गरेको दाहालको दावी छ। त्यसक्रममा उनले भरतपुरलाई गर्व गर्ने ठाउँमा पुर्याएको बताउन पनि छाडिनन्।

“यो ५ वर्षमा हामीले हाम्रा विरोधीहरुसँग आँखा जुधाउन सक्नेगरी गर्व गर्नेगरी भरतपुरलाई पुर्‍याएका छौं। हामी गर्व गर्न लायक ठाउँमा भरतपुरलाई पुर्याएको अनुभव गरेका छौं।”,रेणुले भनिन्।

यसपटक पुनः मेयर पदमा निर्वाचित भएको खण्डमा पहिला भन्दा राम्रो काम गर्ने पनि रेणुले बताइन्। पहिलो कार्यकालमा भरतपुरमा कास्टिङ मात्रै देखाएको हुँदा अबको कार्यकालमा पूरा फिल्म देखाउने रेणुको प्रण छ।

उनले भनिन्,”हामीले भरतपुरमा कास्टिङ देखाएका छौं। अबको ५ वर्षे कार्यकाल फेरिपनि थुप्रै महानगरका गौरवका आयोजनालाई पूरा गरेर समग्र फिल्म देखाउन सक्छौं भन्ने अनुभूति भएको छ।”

प्रकाशित : बिहिबार, बैशाख २२, २०७९१५:०५

महानगरलाई ‘महान घर’ बनाउने गठबन्धनको प्रतिबद्धता !