सबैभन्दा शुभ ग्रहको कृपा पाउन गर्नुहोस् यस्ता ५ कार्य, मालामाल भइनेछ !

जीवनमा गुरुलाई सधैं भगवानभन्दा माथि राखिन्छ। किनभने गुरुले मात्र हामीलाई भगवानसम्म पुग्ने बाटो देखाउनुहुन्छ। ज्योतिषशास्त्रमा पनि गुरु ग्रह अर्थात् बृहस्पतिलाई धेरै महत्व दिइएको छ। ग्रहहरूको राजा सूर्यपछि बृहस्पतिलाई सबैभन्दा ठूलो ग्रह मानिन्छ। कुण्डलीमा बृहस्पति ग्रहको बलियो स्थानका कारण व्यक्तिको करियर, विवाह, धन, सन्तान आदिमा शुभ फल प्राप्त हुने विश्वास रहेको छ। अर्कोतर्फ, बृहस्पति कमजोर भएका व्यक्तिहरूले जीवनमा धेरै समस्याहरू सामना गर्नुपर्ने हुन सक्छ। त्यसोभए बृहस्पति मनाउने तरिकाहरू बारे जान्नुहोस् ।।।

बेसार 

ज्योतिषशास्त्रका अनुसार पुखराज रत्नको बहुमूल्यताका कारण यसलाई सबैले लगाउन सम्भव हुँदैन। यस्तो अवस्थामा बृहस्पतिलाई बलियो बनाउन एउटा सानो पहेँलो कपडामा बेसारको गाँठो बाँधेर दाहिने हातमा बाँध्नुहोस्।

पहेंलो मिठाई खानु शुभ

हरेक बिहीबार पहेँलो रंगको मिठाई खानु पनि शुभ मानिन्छ। साथै हरेक बिहीबार शुद्ध पानीमा बेसार मिसाएर नुहाउने र पहेँलो रङको कपडा लगाउनाले पनि सकारात्मक नतिजा मिल्छ।

दान गर्नुहोस्

बृहस्पति ग्रह कमजोर हुँदा वैवाहिक जीवनमा बाधा आउने र करियरमा सफलता नमिल्ने सम्भावना बढ्ने ज्योतिषशास्त्रले जनाएको छ। त्यसैले कुण्डलीमा बृहस्पति ग्रहलाई बलियो बनाउन आफ्नो क्षमता अनुसार बेसार, मह, पहेँलो फूल, वस्त्र, केसर, सुन आदि दान गर्न सक्नुहुन्छ।

पिपलको पूजा 

प्रत्येक बिहीबार पिपलको रुखमा जल चढाएर ब्रह्माजीको पूजा गर्नाले बृहस्पति ग्रहलाई बल मिल्छ।

बेसनको लड्डु 

जसको कुण्डलीमा बृहस्पति ग्रह अशुभ स्थानमा छ, उनीहरुलाई बेसन, घिउ र चिनीबाट बनेको लड्डूको सेवन गर्नु उपयुक्त हुन्छ।

प्रकाशित : बिहिबार, बैशाख २२, २०७९१७:००

अबको ३ वर्ष शनिले निकै दु: ख दिनेछ यस राशिलाई, जीवन नै हुनेछ निकै कष्टकर !