घरजग्गामा लगानी गर्नेहरू होसियार !

जग्गाको मूल्य अझ घट्छ भनेर पैसा हुनेले समेत किन्न खोजिरहेका छैनन् । यता, अर्थविद्हरूले बैंकमा तरलता अझै लम्बिन सक्ने अनुमान लगाएका छन् । चुनावपछि मुलुक थप आर्थिक संकटको दलदलमा फस्ने उनीहरूको भनाइ छ । सर्वसाधारणले आफूसँग भएको पैसा वित्तीय संस्थामा लगेर राख्नेवाला छैनन् । बैंकसँग थप कर्जा लगानी गर्न सक्ने क्षमता छैन । त्यसैले, घरजग्गाको मूल्य अझ पनि घट्छ ।

सधैँ भिडभाड हुने मालपोत र यातायात कार्यालय केही समययता सामसुम भएको छ । घरजग्गा र गाडी किन्ने सर्वसाधारणको संख्या स्वात्तै घटेपछि यी दुई कार्यालय रित्तिएका हुन् । जबसम्म बैंक–फाइनेन्सले कर्जा दिएका थिए, तबसम्म यी कार्यालयमा खुट्टा टेक्ने ठाउँ हुँदैनथ्यो । तर, अहिले वित्तीय संस्था आपैmँ टाट पल्टिने अवस्थामा पुगेका छन् अर्थात कर्जा प्रवाह गर्न सक्ने अवस्थामा छैनन् । जसका कारण मालपोत र यातायात कार्यालय सुनसान भएका छन् । व्यक्तिसँग भएको पैसा घरमै लुकाउन थालिएको छ । वित्तीय संस्थामा लगेर पैसा जम्मा गर्नेको संख्या निकै घटेको छ । जसले गर्दा जग्गा र सवारी साधन कारोबारमा मन्दी आएको हो । तीन महिनाअघि एउटा मालपोत कार्यालयमा दैनिक सयौँ घरजग्गा नामसारी हुन्थ्यो । तर, अहिले तीन भागमा एक भाग पनि नामसारी नभएको बताइन्छ । जसले गर्दा राजस्वमा समेत ठूलो धक्का लाग्ने देखिन्छ ।

सास फेर्न भ्याइनभ्याइ नहुने मालपोत र यातायातका कर्मचारी फुर्सदिलो भएका छन् । खाजा खानसमेत समय नहुने ती कर्मचारीहरू अहिले कामविहीन बनेका छन् । मालपोत र यातायातमा निवेदन लेख्ने लेखनदासहरू समेत भौँतारिरहेका छन् । काम नपाएर उनीहरू शिथिल भएका छन् । कोही आइहाल्छन् भन्ने अपेक्षाले निन्याउरो अनुहार पारेर बसेका छन् । छेउछाउ भएका खाजाघर, फोटो स्टुडियो, किराना पसलेको व्यापार पनि स्वात्तै ओरालो लागेको छ । ग्राहक नै नभएपछि उनीहरूको व्यापारमा पनि मन्दी आएको हो । ग्राहकहरूको सहजीकरणका लागि खुलेका लेखनदासहरूको आम्दानी ठप्प भएको छ । आम्दानी नहुँदा अफिस भाडा तिर्न नसकेको उनीहरूको गुनासो छ । यता, घरजग्गा र सवारी साधनको मूल्य घटेकाले प्रायजसो चिन्तित भएका छन् । बैंकबाट लिएको कर्जा कसरी तिर्ने होला ? भन्ने चिन्ताले उनीहरूलाई पिरोलिरहेको छ । आफ्नो लगानी डुब्ने हो कि भन्ने डर उनीहरूको अनुहारमै देखिन्छ ।

अहिले घरजग्गा बेच्ने यत्तिकै छन् तर किन्ने कोही पनि छैनन् । यता, मालपोतका कर्मचारीहरू अंशबण्डा गर्ने फाट्टफुट्ट मात्र मालपोतमा आउने गरेको बताउँछन् । जग्गा किनबेचकै लागि भनेर कोही नआएको उनीहरूको भनाइ छ । व्यावहारिक कुरा मिलाउने मात्र मालपोतमा आउने गरेको लेखनदासहरू बताउँछन् । घरजग्गाको किनबेच नै ठप्प भइसकेको छ, उनीहरूले भने । जग्गा दलालीहरू पनि कामविहीन भएका छन् । बीचमा बसेर पुलको काम गर्ने जग्गा दलालीहरू कमाइ नभएर रन्थनिएर हिँडेका छन् । पहिले पो यता र उता दुवैतिरबाट कमिसन खान पाइथ्यो । अहिले त कारोबार नै छैन, कहाँबाट कमिसन खानु ? ६ महिना अघिसम्म एउटा घरजग्गा मिलाएबापत तीनदेखि १० लाखसम्म कमिसन खान्थे । तर, अहिले कमाइ नभएसम्म उनीहरूसँग चिया खाने पैसा पनि छैन । जग्गाका ठुल्ठूला कारोबारीहरू ऋण तिर्न नसकेर लुकेर हिँडेका छन् । जग्गा प्लानिंङ गर्ने अहिले खोजेर पनि भेटिँदैनन् । केही महिनाअघि प्रतिआना एक करोडसम्म बिक्री भएको जग्गालाई २५ लाख लगानी गर्ने पनि कोही पनि छैनन् ।

जग्गाको मूल्य अझ घट्छ भनेर पैसा हुनेले समेत किन्न खोजिरहेका छैनन् । यता, अर्थविद्हरूले बैंकमा तरलता अझै लम्बिन सक्ने अनुमान लगाएका छन् । चुनावपछि मुलुक थप आर्थिक संकटको दलदलमा फस्ने उनीहरूको भनाइ छ । सर्वसाधारणले आपूmसँग भएको पैसा वित्तीय संस्थामा लगेर राख्नेवाला छैनन् । बैंकसँग थप कर्जा लगानी गर्न सक्ने क्षमता छैन । त्यसैले, घरजग्गाको मूल्य अझ पनि घट्छ । बीचको केही वर्षमा घरजग्गाले राम्रो मूल्य पायो । बैंकले नाफा हुनुञ्जेल घरजग्गामा जथाभावी लगानी ग¥यो । तर, देशमा आर्थिक संकट देखिन थालेपछि वित्तिय संस्था आपैmँ टाट पल्टियो । जसले गर्दा घरजग्गाको किनबेचमा कमी आयो भने बैंकलाई आफ्नो लगानी उठाउनसमेत हम्मेहम्मे परेको छ । घरजग्गा कारोबार फेरि उही गतिमा आउन अझ १० वर्ष लाग्ने आंशका गरिएको छ । बैंक र सहकारीलाई कडाइ गर्न नसक्दा जथाभावी लगानी गर्ने काम भयो । नेपाल राष्ट्र बैंक, सहकारी विभाग र अर्थ मन्त्रालय हातमा हात बाँधेर बस्दा मुलुक नै तहसनहस बन्यो ।

पहिल्यै अंकुशे लगाइदिए भए यसरी आँखा चिम्लेर लगानी गर्ने काम हँुदैनथ्यो । रातारात धनी बन्नका निम्ति बैंक र सहकारीले निकै गलत काम गप्यो । बुबाआमाले छोराछोरीलाई आफ्नो अधिनमा राखेनन् भने छोरीछोरी बिग्रिन्छ । बैंक–फाइन्यान्सलाई सरकारले आफ्नो अधिनमा राख्न नसक्दा उनीहरू पनि गलत बाटो हिँडे । गलत बाटोमा हिँडिसकेको वित्तीय संस्थालाई अब सरकारले कसरी ट्रयाकमा ल्याउँछ ? बैंक र सहकारीले कर्जा उठाउन सकिरहेका छैनन् । उता, धितो लिलाम गर्नलाई किन्ने व्यक्ति पनि कोही छैनन् । मनलाग्दी कर्जा प्रवाह गर्दा वचतकर्ताहरू डुब्ने अवस्थामा आइपुगेका छन् । वचतकर्ताको रकम फिर्ता गर्न नसकेर किस्तामा लैजान आग्रह गरिरहेका छन् । राख्ने कोही छैनन् निकाल्ने यत्तिकै छ । हिजो बढी व्याज दिन्छु भनेर प्रलोभन देखाई जनताको पैसा लियो । तर, अहिले फिर्ता गर्न सकिरहेको छैन् । बजारबाट पैसा उठाउन नसक्दा सहकारीबाट खटाइएका जनप्रतिनिधिहरूको जागिर गइसकेको छ । सहकारीले सबैभन्दा बढी रकम उठाउने भनेकै बजारबाट हो । बजारबाट पैसा उठ्न छाडेपछि सहकारीहरू पनि बन्द हुने अवस्थामा आइपुगेका छन् ।

बैंक र सहकारीको कुल पुँजीको आधाभन्दा धेरै हिस्सा घरजग्गाले ओगटेको छ । घरजग्गाको मूल्य चर्किंदै जान्छ, हामी रातारात धनी बन्छौँ भन्ने अहंकार सोचाइले आज उनीहरूलाई नै डुबाएको छ । बजार सधैँ एउटै दिशामा हिँड्दैन । आज बढेको सामानको मूल्य भोलि घट्न सक्छ भनेर वित्तीय संस्थाहरूले सोचेनन् । यस्तै पाराले अबको एक वर्षमा धेरै वित्तीय संस्थाहरू बन्द हुने निश्चित छ । सरकारले पाँच सय र दुई हजारको नोटमा प्रतिबन्ध नलगाउँदा अर्थतन्त्र थप जटिल हुने देखिन्छ । ठूला नोटमा प्रतिबन्ध लगाउने हो भने कालो धन सबै बाहिर आउँछ । उता, व्यक्तिले आफ्नो सिरानमुनि लुकाएर राखेको पैसा पनि बजारमा आउँछ । तैपनि, अर्थ मन्त्रालय र राष्ट्र बैंक गुपचुप बसेको छ । व्यापार घाटा बढेको र जनताले कर तिर्न छोडेको कुरा लुकाएर लुक्दैन । पहिले एक वर्षमा हुने व्यापार घाटा अहिले आधा वर्षमै हुन्छ । उता, सरकारी कर्मचारी तलब र सेवासुविधा आधा कटौती गर्नुपर्ने बेला भएको छ । ज्येष्ठ नागरिकलाई दिने भत्तामा पनि अंकुशे लगाउने पो हो कि ?

विदेशी ऋण झन्झन् बढिरहेको छ । ऋण लिएर तलबभत्ता, सरकारी गाडी र सेवासुविधा रोकाँै । प्रत्येक दिन नेपालीको टाउकोमा ऋणको भारी थपिँदै गएको छ । अझै पनि ऋण लिएर तलबभत्ता दिने हो भने नेपाल नै नरहने दिन आउन सक्छ । अब जनता पनि चनाखो हुनुपर्छ । सरकारले गरेको गलत कामको विरोधमा जनताले आँैलो उठाउनुपर्छ । च्याउ उम्रे जसरी वित्तीय संस्था खोल्न दिँदा लाखौँ सर्वसाधारण सडकमा आउने भए । एक दर्जन वित्तीय संस्था भए पुग्ने ठाउँमा हजाराँै खोल्ने अनुमति दिने सरकार हो । सरकारले गरेको गल्तीको भर्पाइ हामी नेपालीले भोग्नुपर्छ । आफ्नो खातामा भएको पैसा नपाउँदा वचतकर्ताहरूको ‘दिनको भोक र रातको निद्रा’ दुवै हराएको छ । बैंक र सहकारीले विश्वसनीयता गुमाइसकेको छ । होडबाजीमा खोलिएका वित्तीय संस्थाका कारण धेरैको उठीवास हुने कुरा छोपेर छोपिँदैन । बढी व्याज दिने लोभमा नेपाली जनता नपराँै । व्याजको लोभमा साहु नै जोखिममा पर्ला । घरजग्गा, सेयर र निजी सवारी साधनको मूल्य बढ्छ भनेर जग्गा दलालीले फसाउन सक्छन् । उनीहरू आपूm बच्नका निम्ति नयाँको खोजीमा छन् । आमनागरिकहरू आपैmँले पनि ख्याल गर्ने बेला आएको छ । रगतपसिना गरेर कमाएको सम्पत्ति दलालीको पछाडि लागेर नडुबाआँै । डुबिसकेपछि त्यो फर्केर आउँदैन । त्यसैले, सबैजना यसमा होसियार रहाँै ।

प्रकाशित : शुक्रबार, बैशाख २३, २०७९०९:०९

काठमाडौं हैजाको उच्च जोखिममा, जारका पानीबाटै खतरा !