एजेन्सी – च्याम्पियन्स लिगको फाइनल आउन अब मात्रै तीन साता छ। तीन साता पछि लिभरपुल र रियल म्याड्रिड पेरिसमा आमने-सामने हुनेछन्। युरोपको राजा को हो भन्ने प्रमाणित गर्न दुवै टोली एक-अर्कालाई हराउने दाउमा हुनेछन्।
तर फाइनलको खेल अगाडी रियल लिभरपुल भन्दा कम दबावमा हुनेछ। रियलले सिजनका चार खेल बाँकी रहँदै लालिगा जितिसकेको छ। यस्तोमा रियलले च्याम्पियन्स लिगका लागि अहिले देखि नै तयारी गर्न सक्छ। महत्वपूर्ण खेलाडीहरुलाई कम प्रयोग गरेर च्याम्पियन्स लिगका लागि रियल तयार रहन सक्छ।
रियलले लिभरपुलको सामना गर्नु अगाडी चार खेल्न खेल्नेछ। रियलले एटलेटिको म्याड्रिड, लेभान्टे, काडिज र रियल बेटिसको सामना गर्न बाँकी छ। यी चार खेल रियलका लागि खासै महत्वपूर्ण रहने छैन। लालिगा च्याम्पियन बनिसकेका कारण यी चार खेलमा रियल दबावमा हुनेछैन।
अर्को तर्फ लिभरपुलले भने रियलको सामना गर्नु अगाडी ५ खेल खेल्न बाँकी छ। शनिबार राति लिभरपुलले टोटेनह्यामको सामना गर्नेछ। घरेलु मैदान एनफिल्डमा हुने सो खेलमा लिभरपुल जित्नै पर्ने दबावमा हुनेछ। त्यसको केहि दिन बित्न नपाउँदै मे ११ मा एस्टन भिल्लासँग आमने-सामने हुनेछ।
त्यस्तै सो साता मे १४ शनिबार लिभरपुलले एफए कप उपाधिका लागि चेल्सीसँग खेल्नेछ। त्यसपछि रियलको सामना गर्नु अगाडी साउथह्यामटन र वुल्भ्सको सामना गर्नेछ।