कारोबार हुने साताको अन्तिम दिन घट्यो सुनको मूल्य !

काठमाडौँ – कारोबार हुने साताको अन्तिम दिन सुनको मूल्य घटेको छ। साताका तीन दिन लगातार घटेर एक दिन स्थिर रही बिहिबार बढेको सुनको मूल्य आज घटेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ६ सय रुपैंयाँले घटेको छ। जससँगै छापावाला सुनको मूल्य ९८ हजार रुपैंयाँ कायम भएको छ।

त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि ६ सय रुपैंयाँले नै बढेको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रतितोला ९७ हजार ५ सय रुपैंयाँमा कारोबार भइरहेको छ।

चाँदीको मूल्य

आज सुन मात्र नभई चाँदीको मूल्य पनि घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य रु २५ ले घटेर नेपाली बजारमा १ हजार २ सय ८० रुपैंयाँमा कारोबार भइरहेको छ।

प्रकाशित : शुक्रबार, बैशाख २३, २०७९११:०६

जेठ देखि अस्पतालमा पनि दुई दिन बिदा !