बार्सिलोनालाई धुलो चटाएको फ्रान्कफर्ट युरोपा लिगको फाइनलमा, उपाधि जित्न सक्ला त ?

वेस्ट ह्यामको चुनौती पार गर्दै ईन्ट्राक्ट फ्रान्कफर्टले युरोपा लिगको फाइनलमा स्थान सुरक्षित गरेको छ। बिहीबार राति प्रिमियर लिग क्लबलाई १-० ले पराजित गर्दै जर्मन क्लब फाइनलको यात्रा तय गर्न सफल भएको हो।

डेभिड मोयेसको ह्यामर्सले अन्तिम चारमा पुग्नको लागि उल्लेखनीय युरोपियन सिजनको आनन्द उठाएको थियो, तर जर्मनहरू दुई लेगमा नै इंगलिस टोली भन्दा उत्कृष्ट थिए। फ्रान्कफर्टले दोस्रो लेगमा घरेलु मैदानमा १-० ले जित निकाल्दै समग्रमा ३-१ को जित निकालेको हो।

पहिलो लेगमा घरेलु मैदानमा २-१ ले पराजित भएको वेस्ट ह्यामका लागि फ्रान्कफर्टमा समय निकै कठिन हुने पक्का थियो। र आरोन क्रेसवेल १९ औं मिनेटमा रातो कार्ड पाउँदै मैदान छाडेपछि अवे टोलीका लागि यो अझ जटिल भयो। उनको माथिबाट विपक्षीले खेलेको लामो बलले डिफेन्डरलाई समस्यामा पार्यो, र भीएआरले जाँच गर्नु अघि उनलाई जर्मन क्लबका खेलाडी हाउज माथि गरेको फाउलको लागि पहेंलो कार्ड देखाइएको थियो र पछि यसलाई अपग्रेड गरिएको थियो।

त्यसको पाँच मिनेटपछि नै इनट्राक्टले दोस्रो लेगमा अग्रता लिँदा आफ्नो अग्रता दुई गोलमा पुर्याउन सफल भयो। फ्रान्कफर्टका लागि राफेल सान्तोस बोर्रेले गोल गर्दै आफ्नो टोलीलाई फाइनलको यात्रा पक्का गरेका थिए। फ्रान्कफर्टले आघिल्लो चरणमा निकै बलियो मानिएको स्पेनिस महारथी बार्सिलोनालाई पनि पराजित गरेको थियो। फाइनलमा इनट्राक्ट फ्रान्कफर्टले उपाधिका लागि स्कटिस क्लब रेन्जर्ससँग खेल्नेछ।

प्रकाशित : शुक्रबार, बैशाख २३, २०७९१२:३४

गार्डियोला आएपछि भयो एक बिलियन भन्दा बढी खर्च, तर च्याम्पियन्स लिग भने आकाशको फल !