राति सुत्दा सपना देख्नु सामान्य कुरा हो। सपना शास्त्रका अनुसार सपना देख्नु संयोग मात्र नभई त्यसबाट भविष्यका संकेत थाहा पाउन सकिन्छ। आज हामी जानौं तपाईंले राति देख्ने विभिन्न सपनाले के अर्थ जनाउँछ त ?
हातमा गुलाबको फूल लिएको सपना देख्नु
सपनामा हातमा गुलाबको फूल बोकेको देखेमा धेरै शुभ मानिन्छ। सपना शास्त्रका अनुसार यो सपनाको अर्थ धनकी देवी लक्ष्मी चाँडै तपाईंमाथि प्रसन्न हुनुहुनेछ र अचानक कतैबाट धन प्राप्ति हुनेछ।
सपनामा आफैं रोएको देख्नु
सपनामा आफूलाई रोएको देखेर धेरै मानिसहरु विचलित हुन्छन्। तर आत्तिनु पर्दैन, यस्तो सपना अशुभ नभई शुभ मानिन्छ। सपना शास्त्रका अनुसार सपनामा आफूलाई रोएको देख्नु आगामी जीवनका लागि शुभ संकेत मानिन्छ। सामान्य अवस्थामा सपनामा रुने मानिसले छिट्टै जीवनमा ठूलो उपलब्धि हासिल गर्ने विश्वास रहेको छ।
कुनै पहाड वा रुख चढेको देख्नु
सपनामा पहाड वा रुख चढेको देखेमा धेरै शुभ मानिन्छ। यस्ता सपना देख्नुको अर्थ छिटै आफ्नो करियरमा प्रगति हुनेछ भन्ने हो। यस्तो सपना देख्नुको अर्थ सुख-सुविधामा वृद्धि हुने संकेत पनि गर्छ।
आफू गरिब भएको सपना देख्नु
धेरै पटक सपनामा तपाईंले आफूलाई गरिबीको अवस्थामा देख्नुहुन्छ। यस्तो सपना देख्नु पनि राम्रो मानिन्छ। यसको मतलब छिट्टै माता लक्ष्मीको आशीर्वाद तपाईंमा प्राप्त हुनेछ र घरमा धन ऐश्वर्यको वर्षा हुन लागेको छ। यस प्रकारको सपना जागिर र व्यापारमा अगाडि बढ्नको लागि राम्रो मानिन्छ।