पूर्व युनाइटेड खेलाडी-“रियल म्याड्रिड सबैभन्दा खत्तम टोली थियो, फाइनल पुग्न योग्य थिएन”

म्यानचेस्टर युनाइटेडका पूर्व गोलकिपर पिटर स्माइकलले रियल म्याड्रिडले मे २८ मा पेरिसमा लिभरपुलको सामना गर्ने च्याम्पियन्स लिगको फाइनलमा पुग्न योग्य नभएको विश्वास व्यक्त गरेका छन्।

स्माइकलले लस ब्लान्कोसले म्यानचेस्टर सिटी विरुद्धको दोस्रो लेगमा धेरै अवसर सिर्जना गर्न नसकेको तर पाएको तीनवटै अवसरलाई गोलमा परिणत गर्न क्लिनिकल भएको बताएका छन्। “रियल म्याड्रिडलाई त्यो फाइनलमा पुग्ने अधिकार छैन,” स्माइकलले सीबीएस स्पोर्ट्सलाई भने, “उनीहरू दुई खेलहरूमा एक माइलले सबैभन्दा नराम्रो टोली थिए। पहिलो मौका ९० औं मिनेटमा पहिलो गोल, दोस्रो गोल दोस्रो मौका र तेस्रो गोल तेस्रो पटक म्याड्रिडले टार्गेटमा प्रहार गरेको सट थियो। म्यान सिटी पूर्ण नियन्त्रणमा थियो तर यो एक क्षण हो जुन हामीले यसको बारेमा कुरा गरेका थियौं। हामीले त्यो स्टेडियममा भएका दर्शक १२ औं खेलाडी हुने कुरा गरेका थियौं।”

यसैबीच म्यानचेस्टर युनाइटेडका पूर्व डिफेन्डर र वर्तमान टिभी पण्डित रियो फर्डिनान्डले च्याम्पियन्स लिगमा रियल म्याड्रिडको सफलताको कारणहरू बताएका छन्। फर्डिनान्डले बीटी स्पोर्टलाई भने, “तपाईंले यस टोलीका खेलाडीहरूमाथि कहिल्यै शंका गर्नु हुँदैन। हामीले सधैं भनेका छौं, यस प्रतियोगितामा अनुभव धेरै महत्त्वपूर्ण छ, तर तिनीहरूले हृदय, इच्छा देखाए। यी खेलाडीहरू, तिनीहरूले यस्तो स्थिति पहिले पनि धेरै पटक देखेका छन्।”

“रियल म्याड्रिडको टोलीमा एक पटक भन्दा धेरै च्याम्पियन्स लिग जितेका खेलाडी छन्, यस प्रतियोगिताको कुनै पनि बिन्दुमा तपाईंले उनीहरूलाई आत्तिएको देख्नुभएन,” उनले थपे, “उनीहरु कुन स्टेडियममा थिए, कुन-कुन खेलाडी थिए, केही फरक परेन। उनीहरुले आफूलाई विश्वास गरे, प्रशिक्षकलाई विश्वास गरे, र त्यो दर्शकको भीड, पागल थियो।”

प्रकाशित : शुक्रबार, बैशाख २३, २०७९१७:०४

सलाहको दिमागमा रियल विरुद्ध बदला, भन्छन्-“यो बदला लिने समय हो”