शनि २९ अप्रिल २०२२ मा कुम्भ राशिमा प्रवेश गरेको छ। शनि गोचरले सबै १२ राशिमा प्रभाव पार्छ। शनिको राशि परिवर्तनले कसैका लागि राहत ल्याएको छ भने कसैका लागि दुःख दिनेछ। शनिको कुम्भ राशिमा प्रवेश भएसँगै मीन राशिमा साढे सातीको दशा सुरुवात भएको छ भने धनु राशिमा यो महादशाको अन्त्य भएको छ। तर यी बाहेक पनि यस्ता २ राशि छन् जसको लागि शनिको यो गोचरले अशुभ समय लिएर आएको छ। जानौं यी राशिका बारेमा…
कर्कट राशि
शनि गोचर हुनासाथ कर्कट राशिका मानिसमा शनिको अढैया सुरु भएको छ। यो साढे दुई वर्षसम्म चल्नेछ। अर्थात कर्कट राशिका मानिसहरूमा साढे दुई वर्षसम्म शनि ग्रहको अशुभ प्रभाव रहनेछ। जीवनमा धेरै समस्याहरू सामना गर्नुपर्ने हुन सक्छ। करियर-शिक्षामा कठिनाइ आउन सक्छ। धन हानि हुन सक्छ। अनावश्यक खर्च बढ्न सक्छ। स्वास्थ्यमा समस्या आउन सक्छ, सतर्क रहनुहोला।
वृश्चिक राशि
शनिको गोचरले वृश्चिक राशिका मानिसमा पनि शनिको अढैया सुरु भएको छ। त्यसैले आगामी साढे दुई वर्ष यस राशिका मानिसका लागि कठिन हुनेछ। समाजमा तपाईंको मान-प्रतिष्ठामा आँच आउनसक्छ। यो अवधिमा तपाईंको धन हानि हुने पनि सम्भावना रहेको छ। यस बाहेक प्रगतिमा बाधा आउने र सम्बन्धमा समस्या आउन सक्छ। यो समय धैर्यपूर्वक बिताउनु नै राम्रो हुन्छ।
कर्म अनुसार फल दिन्छन् शनि
ज्योतिष शास्त्रमा शनिलाई कर्म दाता भनिएको छ। अर्थात् शनिले कर्म अनुसार फल दिन्छन्। तसर्थ शुभ कर्म गरेमा वा व्यक्तिको कुण्डलीमा शनि शुभ स्थानमा भए साढे साती र अढैयाले अशुभ प्रभाव पार्दैन। तसर्थ साढे साती र अढैयाको समयमा मानिसले आफ्नो कर्ममा विशेष ध्यान दिनुपर्छ। असहाय, महिला, वृद्धवृद्धाको अपमान गर्नु हुँदैन। यी मानिसहरूलाई सकेसम्म मद्दत गर्नुपर्छ।