एजेन्सी – बिहिबार राति इटालियन क्लब रोमाले युरोपा कन्फ्रेन्स लिगको सेमिफाइनलमा लेस्टर सिटीलाई पराजित गर्यो। पहिलो लेग १–१ गोलको बराबरीमा सकिएको भएपनि रोमाले बिहिबार लेस्टरलाई १-० को गोल अन्तरले पराजित गर्यो।
रोमामा भएको खेलमा घरेलु टोलीको जितमा पहिलो हाफमा ट्याम्मी अब्राहमले गरेको गोल नै निर्णायक बन्यो । उनले ११औं मिनेटमा लोरेन्जो पेलिग्रेनीको पासमा गोल गर्न सफल भएका थिए।
रोमा युरोपा कन्फ्रेन्स लिगको फाइनलमा प्रवेश गर्दा रोमाका प्रशिक्षक जोसे मोरिन्हो अत्यन्त भावुक देखिए। खेल सकिएपछि मोरिन्होका आँखाबाट आँसु नै झरे। आँसु झर्दै उनी ड्रेसिङ रुम तर्फ लागे।
पछि मोरिन्होले पत्रकारहरु समक्ष युरोपा कन्फ्रेन्स लिगको सेमिफाइनलमा प्रवेश गरेपछि आफू धेरै नै भावुक भएको बताए। उनले आफूहरुका लागि युरोपा कन्फ्रेन्स लिग पनि च्याम्पियन्स लिग जस्तै रहेको बताए।
“म धेरै भावुक छु। यो हाम्रो लागि च्याम्पियन्स लिग हो। जब तपाईं रोममा काम गर्नुहुन्छ, रोममा बस्नुहुन्छ र रोममा सास फेर्नुहुन्छ भने तपाईले सँगै क्लबलाई पनि फेरिरहनु भएको हुन्छ। मैले पहिलो दिनदेखि महसुस गरें कि यो ठूलो छ, तर कुनै जित र धेरै फाइनलहरू छैनन्। इतिहास क्लबको सामाजिक आयामसँग सम्बन्धित छैन।”,मोरिन्होले भने।
प्रिमियर लिग टीमलाई हराउन सक्ने टोली निर्माण गर्न सकेकोमा आफू खुशी रहेको पनि मोरिन्होले बताए। आफू युरोपा कन्फ्रेन्स लिग फाइनल भन्दा ठूला-ठूला क्षणहरुबाट गुज्रिएको भएपनि क्लब रोमा क्लबका मानिसहरु र खेलाडीहरूका लागि भावुक हुन पुगेको मोरिन्होको भनाई छ।

