प्रधानमन्त्री देउवा पत्नी विरुद्ध उजुरी, कारवाहीको माग !

काठमाडौँ – नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवा विरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ। आफ्नो पार्टीले उठाएको व्यक्तिले नजिते बजेट नपठाउने चेतावनी दिएपछि उनी विरुद्ध निर्वाचन आयोगमा उजुरी परेको हो।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नीसमेत रहेकी उनी विरुद्ध हरिश प्रसाद अवस्थीले उजुरी दिएको निर्वाचन आयोगले जनाएको छ। उजुरीमा निश्चित दलको मेयर भएको ठाउँमा मात्र राज्यको स्रोत उपलब्ध गराउने कुरा अन्यायपूर्ण हुने उल्लेख गरिएको छ।

उजुरीमा भनिएको छ,”जनताको करबाट श्रृजित राज्यको साधनस्रोत राणाले आफ्नो ईच्छाअनुसार परिचालन गर्न पाँईदैन, राज्यको साधनश्रोत परिचालन गर्ने व्यवस्था संविधान र कानुन अनुसार हुने हो। निश्चित दलको मेयर भएको ठाउँमा मात्र राज्यको स्रोत उपलब्ध गराउने कुरा अन्यायपूर्ण हुन्छ।”

डडेल्धुरामा आयोजित पार्टीको कार्यक्रममा आरजुले पार्टीले नजितेका स्थानीय तहमा पैसा नपठाउने बताएकी थिइन्। कांग्रेसले मेयर नजित्ने नगरपालिकामा बजेट नपठाउने उनको चेतावनी थियो।

“कांग्रेसको मेयर नै हुनुहुन्न भने हामीले किन पैसा पठाउँछौँ? त्यसैले यो कुरालाई तपाईंहरुले ध्यान दिनुहोला। करुवा-सरुवा-हरुवा पार्टीहरूलाई भोट नहाल्नु होला, कांग्रेसको मेयर नभएको ठाउँमा पैसा पठाउनु जरुरी छैन।”,उनले भनेकी थिइन्।

आरजुको सो अभिव्यक्ति अभिव्यक्ति निवाचन आचारसंहिता विपरित रहेको र सो अभिव्यक्तिले मतदाता र करदाताको गम्भीर अपमान गरेको उजुरी कर्ताको दावी छ। उजुरीकर्ताले सो बिषयमा स्पष्टीकरण सोधि कानुन अनुसार कारवाहि गर्न माग गरेका छन्।

प्रकाशित : शुक्रबार, बैशाख २३, २०७९२०:१२

“ओली प्रधानमन्त्री रहँदा सबै डराएका थिए, म आएपछि सबै खुसी भए”