सातामा यति धेरैले घट्यो शेयर बजार !

काठमाडौं । गत साता सेयर बजारको परिसूचक नेप्से ११८ अंक घटेको छ । गत साता २ हजार ३५६ अंकमा रहेर बन्द भएको नेप्से यो साता २ हजार २३८ मा कायम भएको छ । आइतबार २ हजार ३ सय ५६ दशमलव १७ मा खुलेको नेप्से परिसूचक साताको अन्तिम कारोबार दिन बिहीबार २ हजार २ सय ३८ दशमलव ६२ मा अडिएको छ ।

बिहीबार सेयर बजारमा नेप्से परिसूचक ३७ दशमलव ०६ अंकले ओरालो लागेर २ हजार २ सय ३८ दशमलव ६२ को बिन्दुमा पुगेर रोकिएको हो । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।

सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ३४ अंकले ओरालो लागेर ४ सय ३२ दशमलव ५५ को बिन्दुमा पुगेर रोकिएको छ । समग्रमा साताको अन्तिम दिनको सेयर बजार १ दशमलव ६३ प्रतिशत र सेन्सेटिभ इन्डेक्स पनि शून्य दशमलव ९९ प्रतिशतले ओरालो लागेको छ । बिहीबार १ अर्ब ६५ करोड ४५ लाख ६१ हजार २४७ रुपैयाँको कारोबार भएको छ ।

बिहीबारको कारोबार रकम अघिल्लो साताको बुधबारयताको सबभन्दा बढी हो । कारोबार भएको सेयरको संख्या पनि बढेर ४६ लाख ७४ हजार ९४० कित्ता सेयर पुगेको छ । बुधबार २७ लाख ३६ हजार ४१४ कित्ता सेयर कारोबार भएको थियो । बिहीबारको कारोबार भएको सेयर कित्ता विगत पाँच कारोबार दिनयताको सबभन्दा बढी हो ।

नेप्से खुम्चिएकै कारण यो साता कारोबार रकममा पनि कमी आएको छ । सातामा २ सय ३३ वटा कम्पनीको ९३ हजार २ सय २६ पटकको कारोबारमा १ करोड २२ लाख ५५ हजार ८ सय ६७ कित्ता सेयर किनबेच भएको छ । जसबाट कुल कारोबार रकम ४ अर्ब ३४ करोड ७२ लाख ७९ हजार १ सय ८६ रुपैयाँ पुुगेको छ । गत साता भने यस्तो कारोबार रकम ८ अर्ब २० करोड ५७ लाख ८२ हजार ३६ रुपैयाँ रहेको थियो । उक्त साता २ सय ३९ वटा कम्पनीको १ लाख ६७ हजार सात सय ९८ पटकको कारोबारमा २ करोड २५ लाख ६६ हजार ६० सेयर खरिद–बिक्री भएको थियो ।

गत साता दोस्रो र चौथौ र पाँचौं कार्य दिन मात्र नेप्से खुला रहेकामा तीन कार्य दिन नै नेप्से घटेको थियो । जसअनुसार पहिलो दिन सार्वजनिक बिदा परेका कारण नेप्से बन्द रहेको थियो भने दोस्रो दिन खुलेको नेप्से ४८ दशमलव ७३ अंकले घटेर २ हजार ३ सय सात दशमलव ४४ अंकमा झरेको थियो । तेस्रो दिन पनि सार्वजनिक बिदा परेका कारण नेप्से बन्द रहेको थियो भने चौथो दिन पुनः नेप्से ३१ दशमलव ७६ अंकले घटेर २ हजार २ सय ७५ दशमलव ६८ अंकमा खुम्चिएको थियो । पाँँचौं दिन पनि नेप्से ३७ दशमलव छ अंकले घटेर २२ सय ३८ दशमलव ६२ अंकमा खुम्चिएको थियो ।

नेप्सेमा यो साता बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा नेपाल टेलिकम, नबिल बैंक, हिमायलयन डिस्ट्रिलरी प्रालिलगायतका कम्पनी अगाडि देखिएका छन् । यसैगरी सेयर कारोबार भएको संख्याको आधारमा नेपाल टेलिकम, नबिल बैंक अगाडि देखिएका छन् । बजार पुँजीकरणका आधारमा भने यो साता नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अगाडि देखिएका छन् ।

प्रकाशित : शनिबार, बैशाख २४, २०७९०८:०६

धेरै दिनपछि नेप्सेमा हरियाली, पाँच कम्पनीका शेयर हुने मालामाल !