अग्रता जोगाउन नसक्दा पछारियो युभेन्ट्स !

एजेन्सी – सुरुवाती अग्रता जोगाउन नसक्दा इटालियन सिरी ‘ए’ को शीर्ष चारमा स्थान पक्का गरिसकेको युभेन्ट्सले हार बेहोरेको छ । युभेन्ट्स घरेलु टोली जिनोआसँग २–१ ले पराजित भएको हो ।

जिनोआको पूनरागमन जितमा अल्बर्ट गुडमुडसन र डोमिनिको क्रिससिटोले गोल गर्दा युभेन्ट्सका पाउलो डिबालाको गोल सान्त्वना बन्यो ।

जेनोभामा शुक्रबार राति भएको खेलमा युभेन्ट्सले ४८औं मिनेटमा डिबालाको गोलबाट अग्रता लिएको थियो । तर, त्यो अग्रतालाई युभेन्ट्सले अन्तिम समयमा जोगाउन सकेन ।

८७औं मिनेटमा अल्बर्ट गुडमुडसनले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । इन्ज्युरी समयको थप गरिएको छैटौं मिनेटमा डोमिनिकोले पेनाल्टीमा गोल गर्दै युभेन्ट्सलाई हार चखाए ।

यो हारसँगै युभेन्ट्स ३६ खेलबाट ६९ अंक जोडेर चौथो स्थानमा यथावत रहेको छ । युभेन्ट्सलाई हराएको जिनोआ २८ अंक जोडेर १९औं स्थानमा रहँदा रेलिगेसन दवावमै रहेको छ ।

प्रकाशित : शनिबार, बैशाख २४, २०७९०८:२६

पछि परेको स्थिति उल्ट्याएर इन्टर मिलान शिर्ष स्थानमा !