“रियलको सफलता देख्दा डाहा हुन्छ, उपाधि जित्ने भ्रम पूरा हुन नसक्दा दुखि छु”

एजेन्सी – बार्सिलोनाका प्रशिक्षका जाभी हर्नान्डेजले उपाधि जित्ने योजना लिएर आफू बार्सिलोना आएको भएपछि पहिलो सिजनमा त्यो सम्भव हुन नसकेको प्रति दुख व्यक्त गरेका छन्। एक पत्रकार सम्मेलनका क्रममा जाभीले उपाधि जित्न नसकेकोप्रति दुख व्यक्त गरेका हुन्।

आफू आएपछि बार्सिलोनाको टोलीमा केहि सकारात्मक परिवर्तन देखिएपनि उपाधि नै जित्ने गरी टोली तयार भइनसकेको जाभीले बताए। क्रमिक रुपमा बार्सिलोना उपाधिका लागि तयार हुने र उपाधि जित्ने जाभीको विश्वास छ।

“म उपाधि जित्ने सपना बोकेर यहाँ आएको हो। तर अहिले सम्म सम्भव भएको छैन। सामान्य मूल्याङ्कन गर्दा टोलीमा धेरै सुधार भएको छ। तर उपाधि नै जित्नेगरी भने टोलीमा सुधार आएको छैन। आउने समयमा हामी उपाधिका लागि लड्ने छौँ।”,जाभीले भने।

मुन्डो डेपोर्टिभोका अनुसार एक पत्रकार सम्मेलनका क्रममा जाभीले रियल म्याड्रिडको सफलताले बार्सिलोनालाई दुख दिरहेको स्वीकारे। प्रतिद्वन्दी क्लब रियलको सफलता देख्दा बार्सिलोनाका समर्थक र खेलाडीहरुलाई असर गर्ने कुरालाई अस्विकार गर्न नसकिने उनको भनाई छ। उनले भने,”म पक्का छु कि रियलको सफलताले धेरै क्याटालानहरूलाई असर गर्छ। हामी रियलको प्रतिद्वन्दी हौँ र यो वास्तविकता हो।”

जाभी यसै सिजन बार्सिलोनाको प्रशिक्षकको रुपमा आएका हुन्। उनी आउनु भन्दा अगाडी बार्सिलोना लालिगाको नवौं स्थानमा थियो। अहिले भने बार्सिलोना लालिगाको दोस्रो स्थानमा छ। तर बार्सिलोनाले लालिगा उपाधि रियल म्याड्रिडलाई सुम्पिसकेको छ।

प्रकाशित : शनिबार, बैशाख २४, २०७९१३:३२

बार्सिलोनाका अल्भेस भन्छन् – ‘बेन्जेमाले रियललाई बोकिरहेका छन्, उनी नै बालोन डी’ओरका हकदार’