ओलीलाई झाँक्रीको कटाक्ष – ‘चन्द्रमामा भर्‍याङ लगाउने कथाले भोको पेट भरिँदैन’

काठमाडौँ – नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ठूला-ठूला सपना बाँडेर जनतालाई झुक्याउने काम गरेको बताएकी छन्। शनिबार सत्ता गठबन्धनले बुटवलमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्नेक्रममा झाँक्रीले पूरा नहुने सपना बाँडेर ओलीले जनता झुक्याएको बताएकी हुन्।

स्याटलाइटबाट आकाश किन्ने कुरा, चन्द्रमामा भर्‍याङ लगाउने, चुच्चे रेल ल्याउने, सुन्दै रोमाञ्चक बनाउने कथाहरुले जनताको भोको पेट नभरिने झाँक्रीले बताइन्।

“स्याटलाइटबाट आकाश किन्ने कुरा, चन्द्रमामा भर्‍याङ लगाउने, चुच्चे रेल ल्याउने, सुन्दै रोमाञ्चक बनाउने कथाहरुले जनताको भोको पेट भरिदैन।”,झाँक्रीले भनिन्,”यी सबै कामहरु पूववर्ती केपी ओलीको सरकारले गर्‍यो, त्यसैले हामीले त्यस्ताे विचारलाई परास्त गर्नैपर्छ।”

पटक-पटक भोट हालेर नेतृत्वमा पुर्‍याउँदा पनि सुकुमवासी, अव्यवस्थित बसोबासी र आम नागरिकको समस्या ज्यूँका त्यूँ राख्ने दललाई चिन्ने बेला आएको झाँक्रीको भनाई छ। गलत काम गर्दा गलत भनेर भन्न नसक्नेहरु परिवर्तनकारी हुन नसक्ने उनले बताइन्। उनले भनिन्,”प्रश्न गर्न नसक्ने मान्छे र भजनमण्डलीले परिवर्तनको लागि काम गर्न सक्दैन।”

प्रकाशित : शनिबार, बैशाख २४, २०७९१७:५३

पहिराले नारायणगढ–मुग्लिन सडक अवरुद्ध