बार्सिलोनाका अल्भेस भन्छन् – ‘बेन्जेमाले रियललाई बोकिरहेका छन्, उनी नै बालोन डी’ओरका हकदार’

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका भेट्रान डिफेन्डर ड्यानी अल्भेस यस वर्षको बालोन डी’ओर रियल म्याड्रिडका करिम बेन्जेमाले जित्नुपर्ने पक्षमा देखिएका छन्। एक अन्तर्वार्ताका क्रममा ड्यानी अल्भेसले यस वर्षको बालोन डी’ओरको हकदार बेन्जाम रहेको बताएका हुन्।

स्पेनिस पत्रिका मार्कासँग कुराकानी गर्दै अल्भेसले यसपटक बालोन डी’ओरको दौडमा बेन्जेमा अन्य खेलाडीहरु भन्दा धेरै अगाडी देखिएको बताए। बेन्जेमाले बालोन डी’ओर जित्छन् वा जित्दैनन् भन्ने कुरामा च्याम्पियन्स लिगको फाइनलले पनि निर्धारण गर्ने अल्भेसको भनाई छ।

“यसपटक बालोन डी’ओर बेन्जेमाले जित्ने धेरै सम्भावना छ। उनले जे गरिरहेका छन्, त्यसले उनलाई बालोन डी’ओर दौडमा धेरै अगाडी उभ्याएको छ। तर यसमा च्याम्पियन्स लिगले धेरै प्रभाव पार्नेछ।”,अल्भेसले भने।

बेन्जेमा बालोन डी’ओरका हकदार रहेपनि उनलाई अन्य खेलाडीबाट टक्कर मिल्ने अल्भेसले बताए। म्यानचेस्टर सिटी र लिभरपुलका खेलाडीहरुले बालोन डी’ओरमा बेन्जेमालाई टक्कर दिने अल्भेस बताउँछन्। रियल म्याड्रिडको टोलीलाई बेन्जेमाले बोकिरहेको बताउन पनि अल्भेसले छुटाएनन्।

उनले भने,”बेन्जामालाई अन्य खेलाडीहरुबाट टक्कर मिल्नेछ। म्यानचेस्टर सिटी, लिभरपुलमा खेलाडीहरू छन्, जसले उनलाई टक्कर दिन सक्छन्। उनले रियल म्याड्रिडलाई त्यो स्थानमा पुर्‍याएका छन् जहाँ पुर्‍याउन गार्हो छ। उनले पूरा टीमलाई आफ्नो काँधमा बोकेका छन्। यसैले उनी बालोन डी’ओरका हकदार छन् भन्ने मलाई लाग्छ।”

प्रकाशित : शनिबार, बैशाख २४, २०७९२०:४१

युनाइटेडको लज्जास्पद हार: च्याम्पियन्स लिग नखेल्ने पक्का, अब ध्यान युरोपा लिग तर्फ !