ज्योतिषशास्त्रका अनुसार राशि परिवर्तन बाहेक सबै ग्रहहरुको अन्य ग्रहहरुसँग युति पनि हुनसक्छ र गति पनि परिवर्तन गर्न सक्छन्। यी सबै परिवर्तनहरूले मानिसहरूको जीवनमा ठूलो प्रभाव पार्छ। धन, बुद्धि, व्यापारको कारक ग्रह बुध ग्रह आगामी वैशाख २७ गते अर्थात् पर्सीको दिनबाट प्रतिगामी हुँदैछ। यो ग्रह जेठ २० गतेसम्म प्रतिगामी रहनेछ। बुध ग्रह वृष राशिमा प्रतिगामी हुँदैछ। यसले हरेक राशिमा शुभ-अशुभ प्रभाव पार्नेछ।
जब कुनै ग्रह प्रतिगामी हुन्छ अर्थात् विपरीत दिशामा जान थाल्छ, तब यसको प्रभावको तीव्रता बढ्छ। त्यसैले मानिसहरु ग्रहहरुको उल्टो चालबाट बढी डराउँछन्। तर, ग्रहहरूको उल्टो गतिले अशुभ प्रभाव मात्रै गर्दैन, यो शुभ फलदायी पनि हुन्छ।
बुध वक्री यी राशिलाई रहनेछ शुभ
वृष राशि
वृष राशिका लागि बुधको उल्टो चाल निकै राम्रो रहनेछ। यी २३ दिनहरूले धेरै लाभ दिनेछन्। पुरानो लगानीले राम्रो प्रतिफल दिनेछ। यो समय करियरको लागि सुनौलो अवसर दिनेछ। नयाँ काम वा ठूलो पदोन्नति पाउन सकिनेछ। यो समय व्यापारीहरूलाई पनि धेरै फाइदा दिनेछ।
कर्कट राशि
प्रतिगामी बुधले कर्कट राशिका मानिसहरूलाई धेरै लाभ दिनेछ। एक भन्दा बढी स्रोतले आम्दानी हुनेछ। करियरमा राम्रो लाभ हुनेछ। व्यापारीलाई फाइदा हुनेछ। कार्यक्षेत्रमा उच्च अधिकारीसँगको सम्बन्ध सुमधुर रहनेछ। समग्रमा वृद्धि र आम्दानीको लागि यो समय धेरै राम्रो छ।
मीन राशि
प्रतिगामी बुधले मीन राशिका व्यक्तिको आम्दानीमा वृद्धि हुनेछ। उनीहरूलाई धेरै तरिकाले फाइदा हुनेछ। तलब बढ्न सक्छ। व्यवसायीहरुको नाफा बढ्न सक्छ। लगानीले राम्रो प्रतिफल दिन सक्छ। समग्रमा, यो समयले आर्थिक स्थितिमा बल ल्याउनेछ। नयाँ कामको थालनी गर्न यो समय राम्रो छ।