प्रिमियर लिगको शिर्ष स्थानमा लिभरपुल एक दिन भन्दा बढी टिक्न पाएन, सिटी फेरी शिर्ष स्थानमा !

एजेन्सी – म्यानचेस्टर सिटीले प्रिमियर लिगमा आइतबार न्यूक्यासलमाथि सानदार जित हासिल गरेको छ । सिटीले घरेलु मैदानमा न्युक्यासललाई ५–० ले हराउँदा रहिम स्टर्लिङले २ गोल गरेका थिए ।

जितका साथ लिभरपुललाई पछि पार्दै सिटी अंक तालिकाको शीर्षस्थानमा उल्केको छ । अन्तिम ३ खेल बाँकी रहँदा सिटीले लिभरपुललाई ३ अंकले पछि पारेको छ । स्टर्लिङले १९ औं मिनेटमा हेड गोलमार्फत सिटीलाई अग्रता दिलाएका थिए । एमरिक लापोर्टेले ३८ औं मिनेटमा नजिकबाट गोल गर्दै टोलीको अग्रतालाई दोब्बर पारे ।

६१ औं मिनेटमा केभिन डे ब्रुएनेको कर्नरमा राड्रीले हेडमार्फत गोल गर्दा सिटी ३–० ले अघि बढेको थियो । खेलको अन्तिम मिनेटमा परिवर्तित फिल फोडनले गोल गरे । त्यस्तै इन्ज्युरी समयमा स्टर्लिङले अर्को गोल थप्दा सिटीले फराकिलो जित हासिल गर्यो । प्रिमियर लिगमा सिटीको यो लगातार तेस्रो जित हो ।

३५ खेलमा सिटीको ८६ अंक र दोस्रो स्थानको लिभरपुलको ८३ अंक छ । लगातारको हारपछि ४३ अंकका साथ न्यूक्यासल १३ औं स्थानमा छ । आइतबारका अन्यख खेलमा आर्सनलले लिड्स युनाइटेड र एभर्टनले लेस्टर सिटीलाई समान २–१ ले तथा वेस्ट ह्याम युनाइटेडले नर्विच सिटीलाई ४–० ले हराएको थियो ।

आर्सलन ६६ अंकका साथ चौथो स्थानमा थप मजबुत बनेको छ । आर्सनलको तेस्रो स्थानको चेल्सीको भन्दा १ अंक कम र पाँचौं स्थानको टोटनहमको भन्दा ४ अंक बढी छ ।

प्रकाशित : सोमबार, बैशाख २६, २०७९०८:२०

पिएसजीले दुई गोल अग्रता समेत जोगाउन सकेन, बराबरीमै रोकियो !