प्रचण्डको बचाउमा उत्रिइन् रेणु दाहाल !

काठमाडौँ – सत्ता गठबन्धनको तर्फबाट भरतपुर महानगरपालिकाको मेयर पदका लागि उम्मेदवारी दिएकी रेणु दाहालले पुष्पकमल दाहाल ‘प्रचण्ड’को बचाउ गरेकी छन्। आफ्नो अभिव्यक्तिका कारण पछिल्लो समय विवादमा परेका प्रचण्डको दाहालले एक पत्रकार सम्मेलनका क्रम मा बचाउ गरेकी हुन्।

केहि दिन अगाडी चितवनको भरतपुरमा आयोजित गठवन्धनको चुनावी सभालाई सम्बोधन गर्नेक्रममा प्रचण्डले रेणु दाहालको टिमलाई नजिताए देश गम्भीर दुर्घटनामा अभिव्यक्ति दिएका थिए। हँसिया-हथौडामा भोट नहाले देश दुर्घटनामा पर्ने उनको भनाई थियो। सो भनाई सँगै प्रचण्डको चर्को आलोचना भइरहेको छ।

सोमबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्ड पुत्री समेत रहेकी दाहालले गठबन्धन टुट्यो भने देश दुर्घटनामा जान्छ भनेर प्रचण्डले सचेत गराउन खोजेको बताइन्। प्रचण्डले त्यसबेला राष्ट्रप्रेमपूर्ण भावना राखेपनि त्यसलाई गतल अर्थ लगाइको रेणुको बुझाई छ। प्रचण्डले एकदम सकरात्मक सोचका साथ सो अभिव्यक्ति दिएको रेणुले दावी गरिन्।

“प्रचण्डको राष्ट्रप्रेमपूर्ण भावनालाई गतल अर्थ लगाइयो । अलि अपव्याख्या गरियो । खासमा उहाँले एकदम सकरात्मक सोचका साथ भन्न खोज्नु भएको हो”,रेणुले भनिन्।

प्रकाशित : सोमबार, बैशाख २६, २०७९१३:४२

मेलम्चीको पानी राख्न बनाइएको पानीपोखरी अगाडी पानी जमेपछि …