मेस्सी माथि खनिए पिएसजी समर्थक, भन्छन् – मेस्सीको ठाउँमा रोनाल्डो ल्याएको भए धेरै राम्रो हुन्थ्यो !

एजेन्सी – आइतबार राति फ्रेन्च लिग वान च्याम्पियन बनिसकेको पेरिस सेन्ट जर्मेन (पिएसजी) अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो। कम्जोर आँकिएको ट्रोएससँग घरेलु मैदानमै पिएसजी बराबरीमा रोकिन पुगेको हो।

पार्क डेस प्रिन्सेससमा आइतबार राति भएको खेलमा पिएसजीका लागि मार्किन्हस र नेयमारले गोल गरे। नेयमारको गोल पेनाल्टीमा आएको थियो। अग्रता लिएपनि इके उग्वो र फ्लोरिएन टारडिउले गोल गर्दै पिएसजीलाई बराबरीमा रोके।

बलमा नियन्त्रण राखेर पनि पिएसजीले थप गोल गर्न सकेन। बलमा पिएसजीको ६४ प्रतिशत नियन्त्रण थियो। त्यस्तै पिएसजीले खेल भर कुल १७ प्रहार गरेको थियो। जसमध्ये ७ प्रहार टार्गेटमा थिए। ट्रोएस विरुद्ध मेस्सी, नेयमार र एम्बाप्पे तीनै जना उत्रिएका थिए। तर पनि पिएसजीले राम्रो प्रदर्शन गर्न सकेन।

ट्रोएससँग बराबरीमा रोकिएसँगै सामाजिक संजालमा लियोनेल मेस्सीको चर्को आलोचना भइरहेको छ। पिएसजी समर्थकहरु यति बेला पिएसजीकै मेस्सी विरुद्ध खनिइरहेका छन्। पिएसजीकै समर्थक मेस्सीलाई ट्रोल गरिरहेका छन्।

एक सामाजिक स्नाजल प्रयोगकर्ता लेख्छन्,”म यो भन्न चाहन्न, तर मेस्सीलाई भित्र्याउनु हाम्रो गल्ती थियो। उनको सट्टा क्रिस्टियानो रोनाल्डोलाई भित्र्याएको भए कुरा अर्कै हुन्थ्यो। सायद उनले मेस्सी भन्दा धेरै राम्रो खेल्थे र उनको पारिश्रमिक पनि मेस्सी भन्दा धेरै कम हुन्थ्यो।”

अर्का एक लेख्छन्,”मेस्सीले अन्ततः बार्सिलोना प्रणाली बाहिर आफूलाई परीक्षण गर्ने निर्णय गरे तर रोड्रि, फाबिन्हो र रीस जेम्स भन्दा बढी गोल गर्न सकेनन्।”

प्रकाशित : सोमबार, बैशाख २६, २०७९१७:१७

ग्वार्डिओला भन्छन् – सबै लिभरपुलको समर्थनमा लागे, मिडिया पनि उनीहरुकै पक्षमा छन्