एजेन्सी – म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले बेलायतका सबैजना यति बेला लिभरपुलको समर्थनमा रहेको बताएका छन्। एक अन्तर्वार्ताका क्रममा ग्वार्डिओलाले पूरा बेलायतका मानिसहरु लिभरपुलको समर्थनमा रहेको बताएका हुन्।
बीआईएन स्पोर्ट्ससँग कुराकानी गर्नेक्रममा ग्वार्डिओलाले बेलायती सर्वसाधारण देखि मिडियाहरु सम्म लिभरपुलको समर्थनमा रहेको बताए। ग्वार्डिओलाका अनुसार सर्वसाधारण देखि मिडिया सम्म सबै लिभरपुलले प्रिमियर लिग जितोस् भन्ने चाहिरहेका छन्।
“यस देशका सबैले लिभरपुललाई समर्थन गरिरहेका छन्। सर्वसाधारण देखि मिडिया सम्म सबै लिभरपुलको समर्थनमा छन्।”,बीआईएन स्पोर्ट्ससँग कुराकानी गर्नेक्रममा ग्वार्डिओलाले भने।
ग्वार्डिओलाले युरोपेली प्रतिस्पर्धामा लिभरपुलको अविश्वसनीय इतिहास रहेको बताए। त्यसो बताइरहँदा प्रिमियर लिगमा लिभरपुलको खराब रेकर्ड रहेको बताउन भने छुटाएनन्। उनले भने,”लिभरपुलको युरोपेली प्रतिस्पर्धामा अविश्वसनीय इतिहास छ। तर प्रिमियर लिगमा छैन। उनीहरूले ३० वर्षमा मात्रै एक पटक मात्रै प्रिमियर लिग जितेका छन्।”
ग्वार्डिओलाले बेलायत र विश्वभर म्यानचेस्टर सिटी भन्दा बढी समर्थक रहेको बताए। प्रिमियर लिग जित्ने नजित्ने कुरा आफूहरुको हातमा रहेको ग्वार्डिओलाको भनाई छ। सिजनका बाँकी सबै खेलमा जित निकाल्न सके प्रिमियर लिग आफ्नो हुने हुँदा आफूहरु कुनै पनि खेल नहार्ने गरी खेल्ने ग्वार्डिओलाको प्रण छ।

