लेवान्डोस्की मात्रै नभई अन्य यी पाँच खेलाडी पनि बार्सिलोनाको नजरमा ! को-को ?

एजेन्सी – समर ट्रान्सफर विन्डो नजिकिँदै गर्दा क्याटलान क्लब बार्सिलोना नयाँ रणनीति बनाउन व्यस्त छ। बार्सिलोनाले समर ट्रान्सफर विन्डोमा विभिन्न खेलाडी भित्र्याएको क्लबलाई बलियो बनाउने योजना बनाएको छ।

विभिन्न स्पेनिस मिडियाहरुका अनुसार बार्सिलोना आउने समर ट्रान्सफर विन्डोमा झन्डै आधा दर्जन खेलाडी भित्र्याउन चाहन्छ। बार्सिलोनाले भित्र्याउन चाहेका खेलाडीमा डिफेन्डर देखि स्ट्राइकर सम्म छन्।

बार्सिलोनाले सबै भन्दा बढी प्राथमिकतामा बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्कीलाई राखेको छ। उचित मूल्यमा रोबर्ट लेवान्डोस्कीलाई पाए समरमै भित्र्याउने बार्सिलोनाको योजना छ। लेवान्डोस्कीको बायर्नमा सन् २०२३ सम्मका लागि मात्रै सम्झौता छ। क्लबले उनको सम्झौता थपको सम्बन्धका खासै छलफल गरेको छैन।

लेवान्डोस्कीले उच्च पारिश्रमिक माग गर्ने देखेसँगै क्लबले सम्झौता थपको छलफल अगाडी नबढाएको हो। यस्तोमा लेवान्डोस्कीलाई भित्र्याउने बार्सिलोनाको योजना रहेको छ। लेवान्डोस्कीका आलावा बार्सिलोना म्यानचेस्टर सिटीका खेलाडी बर्नार्डो सिल्भा, चेल्सीका सेजर एजपिलिकुएटा र मार्कोस अलोन्सोलाई पनि भित्र्याउन चाहन्छ।

त्यस्तै समर ट्रान्सफर विन्डोमा सित्तैमा उपलब्ध हुने एन्ड्रियास क्रिस्टेनसेन र फ्रान्क केसीलाई पनि भित्र्याउने बार्सिलोनाको योजना रहेको मुन्डो डिपोर्टिभोले जनाएको छ।

प्रकाशित : सोमबार, बैशाख २६, २०७९१७:५५

एस्टन भिल्लामाथि लिभरपुलको जित, अंक दूरी छोट्यायो !