एस्टन भिल्लाले कौटिन्होको मूल्य तोक्यो, यतिमा पाए मात्रै किन्ने !

एजेन्सी – इंग्लिस क्लब एस्टन भिल्लाले ब्राजिली मिडफिल्डर फिलिपे कौटिन्होलाई अनुबन्धको प्रस्ताव गरेको छ ।क्याटलान क्लब बार्सिलोनाका कौटिन्होले यो सिजन लोनमै भिल्लाका लागि खेलिरहेका छन् ।

भिल्लामा उत्कृष्ट खेल पस्किरहेका कारण क्लबले उनलाई अनुबन्धको लागि तयार भएको हो । क्लबले कौटिन्हो अनुबन्धको लागि बार्सिलोनासँग छलफल अघि बढाएको छ । भिल्लाले कौटिन्होको लागि १२ मिलियन पाउन्डको प्रस्ताव गरेको छ ।

तर, कौटिन्होको लागि निकै कम मुल्यको प्रस्ताव हो । भिल्लाले उनलाई लोनमा अनुबन्ध गर्दा प्रारम्भिक सम्झौतामा ३३ मिलियन पाउन्डको प्रस्ताव गरेपनि त्यो भन्दा पनि कम मुल्यको प्रस्ताव गरेको हो । यसमा क्लब क्याटलान क्लब बार्सिलोनासँग सम्झौता गर्न सक्नेमा विश्वस्त छन् ।

२९ वर्षीय कौटिन्हो सन् २०१८ मा इंग्लिस क्लब लिभरपुलबाट बार्सिलोनामा पुगेका थिए । बार्सिलोनामा एक सिजन बिताएपछि उनी लोनमा जर्मन क्लब बायर्न म्युनिख पुगेका थिए ।

बायर्नमा उच्च प्रदर्शनपछि उनी पुनः बार्सिलोना नै फर्किएका थिए । तर, उनी यसै जनवरीमा भिल्लामा लोनमा पुगेका थिए । एनले भिल्लाका लागि १५ खेल खेल्दा ४ गोल गरेका छन् ।

प्रकाशित : बुधबार, बैशाख २८, २०७९०९:५८

माने माथि बायर्नको नजर !