माने माथि बायर्नको नजर !

एजेन्सी – जर्मन च्याम्पियन बायर्न म्युनिखले समर ट्रान्सफर विन्डोमा प्रिमियर लिग क्लब लिभरपुलका साडियो मानेलाई भित्र्याउने प्रयास गर्ने भएको छ। विभिन्न जर्मन मिडियाहरुका अनुसार बायर्नले आउने ट्रान्सफर विन्डोमा मानेलाई भित्र्याउने प्रयास गर्ने भएको हो।

लिभरपुल मानेलाई बेच्न सकारात्मक देखिएको खण्डमा ठोस प्रस्ताव गर्ने बायर्नको तयारी रहेको छ। माने भित्र्याउनको लागि बायर्नले भित्र-भित्रै तयारी गरिरहेको बताइन्छ। यधपी बायर्नले माने र लिभरपुललाई सम्पर्क भने गरिसकेको छैन।

लिभरपुलमा मानेको सम्झौता सन् २०२३ सम्मका लागि छ। आउने सिजनको अन्त्यपछि उनको सम्झौता सकिनेछ। सम्झौता सकिन एक सिजन मात्र बाँकी रहेको अवस्थामा लिभरपुलले मानेलाई बिक्री गर्न सकने सम्भावना रहेको देखेसँगै बायर्नले मानेलाई भित्र्याउने योजना बनाएको जर्मन मिडियाहरुको भनाई छ।

सन् २०१६ मा लिभरपुल आएयता मानेले निरन्तर उच्च प्रदर्शन गरिरहेका छन्। जारी सिजनमा उनी झनै राम्रो लयमा देखिएका छन्। जारी सिजनमा मानेले लिभरपुलका लागि ४८ खेल खेल्दा २२ गोल गरेका छन् भने ४ असिस्ट दिएका छन्। प्रिमियर लिगमा मात्रै मानेले १५ गोल गरेका छन्। ३३ खेल खेल्दा मानेले यो संख्यामा गोल गरेका हुन्।

के लिभरपुल मानेलाई बेच्न चाहन्छ ?

गत सिजन कम्जोर प्रदर्शन गरेका माने जारी सिजनमा धेरै राम्रो लयमा छन्। जसकारण उनलाई लिभरपुलले बिक्री गर्ने कमै सम्भावना देखिन्छ। त्यस्तै माने पनि लिभरपुल छाड्ने पक्षमा देखिँदैनन्। हालसालै आएको खबर अनुसार लिभरपुलले सम्झौता थपको कुराकानीलाई अगाडी बढाउने तयारी गरिरहेको छ। दुई पक्ष बीच सम्झौता थपका विषयमा छुट्टै छलफल हुने सम्भावना छ।

प्रकाशित : बुधबार, बैशाख २८, २०७९१०:३२

म्याड्रिड पुगे एम्बाप्पे, पीएसजीको मुटुमा बज्यो ब्याण्ड बाजा !