फर्डिनान्ड भन्छन् – ‘प्रिमियर लिगमा नयाँ ट्वीस्ट आउन सक्छ, सिटी चिप्लिन सक्छ’

एजेन्सी – म्यानचेस्टर युनाइटेडका पूर्व डिफेन्डर रियो फर्डिनान्डको भनाईलाई मान्ने हो भने प्रिमियर लिग उपाधि होड अझै सकिएको छैन। म्यानचेस्टर सिटीले तीन खेल र लिभरपुलले दुई खेल मात्र खेल्न बाँकी रहेको अवस्थामा समेत फर्डिनान्डले उपाधि होड नसकिएको बताएका हुन्।

प्रिमियर लिग उपाधि होडमा रहेको लिभरपुल केहि दिन अगाडी टोटेनह्यामसँग बराबरीमा रोकिएको थियो। लिभरपुल बराबरीमा रोकिँदा सिटीले फाइदा पुग्यो। तर सिजनको ३६ औं खेलमा लिभरपुलले एस्टन भिल्लालाई पराजित गर्दै सिटीसँग अंक बराबरी गर्यो। सिटीले तीन खेल खेल्न बाँकी रहेको अवस्थामा नयाँ ट्वीस्ट आउन सक्ने फर्डिनान्ड बताउँछन्।

एक टेलिभिजन कार्यक्रममा बोल्ने क्रममा फर्डिनान्डले उपाधि होडमा नयाँ ट्वीस्ट आउन सक्ने बताए। न्यूक्यासललाई ५-० को गोल अन्तरले पराजित गर्दै सिटीले गोल अन्तरमा प्रगति गरेपनि यसै भन्न सकिने अवस्था नरहेको फर्डिनान्डको भनाई छ।

“मलाई अझै लाग्छ कि त्यहाँ अर्को ट्विस्ट आउन सक्छ। सिजनका बाँकी खेलमा नयाँ ट्वीस्टको सम्भावना अझै बाँकी छ।”,फर्डिनान्ड भन्छन्। सिटीले वेस्ट ह्याम , वुल्भ र एस्टन भिल्लासँग खेल्न बाँकी रहेका कारण ट्वीस्ट आउन सक्ने उनको अनुमान छ।

उनले भने,”वेस्ट ह्याम र वुल्भ विरुद्धका खेल सिटीका लागि सहज हुनेछैनन्। दुवै खेल आफ्नो घरेलु मैदानमा हुने छैन। सिटीसँग काइल वाकर छैन, जोन स्टोन्स र रुबेन डियास नभएको कुरालाई पनि ध्यान दिनुपर्छ।”

प्रकाशित : बुधबार, बैशाख २८, २०७९१३:३७

हेनरी भन्छन्-“सबै युरोपेली क्लब रियलसँग डराउँछन्….. अनि रियल बार्सिलोनासँग थुरथुर हुन्छ”