चुनावमा मुखमा यस्तो काम गर्दै थिए माओवादी कार्यकर्ता, परे पक्राउ !

सिरहा,  सिरहामा मतदातालाई पैसा बाँड्ने नेकपा माओवादी केन्द्रका एक कार्यकर्तालाई प्रहरिले नियन्त्रणमा लिएको छ । मतदाताको घरमै पुगेर नमूना मतपत्रमा पार्टीको चुनाव चिन्ह देखाउँदै प्रतिव्यक्ति दुई हजारदेखि पाँच हजार रुपैयाँ बाँड्दै गरेकाे अवस्थामा गोलबजार नगरपालिका-२ गुरूधामका नेकपा माओवादी केन्द्रका कार्यकर्ता ५५ वर्षीय प्रेम लामा पक्राउ परेका हुन् ।

उनको साथबाट मतपत्र र ५४ हजार रूपैयाँ बरामद भएको प्रहरीले जनाएकाे छ । स्थानीयले उनलाई नियन्त्रणमा लिएर गोलबजार प्रहरीको जिम्मा लगाएका हुन् ।

लामालाई मतपत्र र रकमसहित स्थानीयले नियन्त्रणमा लिइ प्रहरीलाई बुझाएको र आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजु केसीले जनाए । गोलबजार नगरपालिकामा माओवादी केन्द्रबाट मेयरमा देवनाथ साह पुन: उम्मेदवार बनेका हुन् ।

प्रकाशित : बुधबार, बैशाख २८, २०७९१४:३८

मौन अवधिमा कांग्रेसलाई झड्का, कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधिले छाडे पार्टी !