बार्सिलोनाका प्रबन्धक जाभीले सेल्टा भिगोसँगको ला लिगा खेलका क्रममा मैदानमा ढलेर एम्बुलेन्समा लग्नु परेको डिफेन्डर रोनाल्ड अराउजोको बारेमा सकारात्मक अपडेट दिएका छन्।
क्याटालान क्लबले मंगलबार क्याम्प नोउमा आफ्ना ग्यालिसियन प्रतिद्वन्द्वीलाई ३-१ ले पराजित गरेको छ तर यो उनीहरूको लागि सुखद जित भने थिएन। सेन्टरब्याक अराउजो आफ्नो टोलीका साथ गाभिसँग टाउकोमा ठोक्कीएपछि नराम्रो चोट लागेको थियो। जसको कारण उनी मैदानमा नै ढलेका थिए। लगत्तै, अराउजोलाई हस्पिटल लग्नको लागि एम्बुलेन्स पिचमा नै ल्याइयो।
उरुग्वे स्टारको अवस्था गम्भीर देखिन्थ्यो तर जाभीले अब आफ्नो खेलपछिको टिप्पणीमा केही आश्वासन दिएर डरलाई कम गरेका छन्। Movistar Futbol (AFP पत्रकार टम Allnutt मार्फत) सँग कुरा गर्दै, उनले भने: “डाक्टरले भने कि उनी सचेत र खतरामुक्त छन्, हामीले चिन्ता गर्नुपर्दैन। उनले सावधानीका रूपमा अस्पतालमा रात बिताउनेछन्, अरू केही छैन।”
यस घटना हुँदा बार्सिलोनाले १ घण्टाको खेल हुँदा ३–१ को अग्रता लिएको थियो। अराउजोले बललाई हेड गर्न उफ्रिए र गाभिले पनि सोही गरे, जसले गर्दा टाउकोको कुरूप टक्कर भयो। त्यसपछि क्लेमेन्ट लेंगलेट अराउजोको स्थानमा आए।
यस्तो घटनापछि बार्सिलोना डिफेन्डरले क्लबको अर्को खेल गुमाउने भएको छ। बार्सिलोनाको अन्तिम लिग खेल गेटाफे विरुद्ध मे २२ मा हुनेछ।