कुम्भ राशिमा शनिको प्रवेशले बन्यो पञ्च महापुरुष योग, यी राशिमा पर्नेछ विशेष प्रभाव !

गत महिना २९ अप्रिलमा शनि ग्रहले ठूलो परिवर्तन गरेको थियो। शनिदेव ३० वर्षपछि कुम्भ राशिमा प्रवेश गरेका हुन्। कुम्भ राशि शनिको आफ्नै स्वामित्व रहेको राशि हो। कुम्भ राशिमा शनिको परिवर्तनका कारण केही राशिका मानिसमा यसको महादशाबाट राहत पाएका छन्। त्यस्तै, केही मानिसहरूमा साढे साती सुरु भएको छ। कर्मदाता मानिने शनिदेवले व्यक्तिको कर्म अनुसार फल प्रदान गर्छन्। शनिको यस गोचरबाट पञ्च महापुरुष योगको निर्माण भएको छ। यसको प्रभाव सबै राशिका मानिसहरुमा देखिनेछ।

मानिसको जीवनमा शुभ कर्म गर्नाले शुभ फल प्राप्त हुन्छ। साथै गलत कर्म गरेमा साती, अढैय्या र महादशामा कर्म अनुसार फल प्राप्त हुन्छ। जानौं शनिको पञ्च महापुरुषको प्रभाव कस्तो रहन्छ।

कुम्भ राशिमा शनिको प्रवेशको प्रभाव 

कुम्भ   

कुम्भ लग्न र राशिका व्यक्तिहरूका लागि शनिदेव स्वामी हुनु शुभ रहनेछ। कुम्भ राशिमा शनिको गोचरका कारण शश नामको पञ्च महापुरुष योग बनेको छ। कुम्भ राशिका मानिसहरुका लागि यो विशेष फलदायी हुन्छ। कार्यक्षेत्रमा परिवर्तन आउन सक्छ। साथै तपाईंको कार्य क्षमतामा वृद्धि हुने सम्भावना उच्च रहेको छ। नयाँ काम र व्यापारको अवसर सिर्जना हुनेछ। साथै, यस अवधिमा शनिको उपायहरू शुभ साबित हुनेछन्। हनुमान जीको पूजा गर्नाले शुभ फल मिल्नेछ।

मीन 

ज्योतिष शास्त्रका अनुसार शनिदेवको यो परिवर्तन मीन राशिका लागि व्यय गृहमा भएको हो। मीन राशीका लागि शनि ग्रह खासै शुभ छैन र आम्दानी र व्ययको कारक रहेको छ। व्यापारिक क्रियाकलापमा पनि खर्च हुन सक्छ।

पञ्च महापुरुष योग के हो ? 

पञ्च महापुरुष योग: यो योग पाँच ग्रह बृहस्पति, मंगल, शुक्र, शनि र बुध मिलेर बनेको हो। जब यो योग व्यक्तिको कुण्डलीमा बन्छ, तब त्यो व्यक्ति महापुरुषको समान काम गर्न थाल्छ। यस क्रममा व्यक्तिमा ग्रहका गुण बढी सक्रिय हुन्छन्। ज्योतिष शास्त्रका अनुसार कुनै व्यक्तिको कुण्डलीमा पञ्च महापुरुष योग बनिरहेको छ भने र कुण्डलीमा सोही ग्रह उच्च भएमा यो योगले बढी प्रभाव पार्छ।

प्रकाशित : बुधबार, बैशाख २८, २०७९१६:४६

बुध ग्रहको ठूलो उथलपुथल, एक महिना कुन राशिलाई कति शुभ ?