रियल होइन लिभरपुलले च्याम्पियन्स लिग जितोस् भन्ने चाहन्छन् रोड्रिग्वेज, खुलाए कारण पनि !

एजेन्सी – रियल म्याड्रिडका पूर्व खेलाडी जेम्स रोड्रिग्वेजले रियललाई पराजित गर्दै लिभरपुल च्याम्पियन्स लिग च्याम्पियन्स बन्ने दावी गरेका छन्। हालसालै एक अन्तर्वार्ताका क्रममा रोड्रिग्वेजले रियललाई पराजित गर्दै लिभरपुल च्याम्पियन्स बन्ने दावी गरेका हुन्।

रियल पछिल्लो समय धेरै राम्रो फुटबल खेलिरहेको भएपनि च्याम्पियन्स लिगको फाइनलमा लिभरपुल विजयी हुने रोड्रिग्वेजले बताए। रियलको पूर्व खेलाडी भएपनि रोड्रिग्वेजले लिभरपुल च्याम्पियन्स बनोस् भन्ने कामना गरे। राष्ट्रिय टोलीका सहकर्मी लुइस डियाज लिभरपुलमा भएको कारणले पनि आफू लिभरपुलले जितोस् भन्ने पक्षमा रहेको रोड्रिग्वेजको भनाई छ।

“लिभरपुल धेरै राम्रो खेलिरहेको छ र उनीहरुसँग ‘लुचिटो’ डियाज छन्। लुचिटोले उपाधि जितुन् भन्ने म चाहन्छु।”,एक अन्तर्वार्ताका क्रममा रोड्रिग्वेजले भने। स्मरण रहोस् रोड्रिग्वेज र लुइस डियाज कोलम्बियाको राष्ट्रिय टोलीबाट सँगै फुटबल खेल्छन्। त्यहाँ डियाजलाई ‘लुचिटो’ भनेर चिनिन्छ।

रोड्रिग्वेजले अन्तर्वार्ताका क्रममा च्याम्पियन्स लिग जस्तो प्रतियोगितामा रियलले धेरै राम्रो खेल्ने गरेको उल्लेख गर्न भने छुटाएनन्। रियल कति बलियो छ भने क्वाटरफाइनल र सेमिफाइनलमा सबैले देखिसकेको रोड्रिग्वेजले बताए।

उनले भने,”यस्ता प्रकारका खेलहरूमा रियल म्याड्रिड धेरै बलियो छ। यो हामीले क्वार्टर फाइनल र सेमिफाइनलमा देखिसकेका छौँ। यो कडा टक्कर हुनेछ। रियल म्याड्रिडमा धेरै पूर्वसहकर्मीहरु छन्। म क्लबलाई धेरै माया गर्छु। रियलसँग यस प्रकारका खेलहरूमा छुट्टै इतिहास छ। तर लिभरपुलले उत्कृष्ट खेल खेल्न सक्छ।”

प्रकाशित : बुधबार, बैशाख २८, २०७९१७:००

सेल्टा विरुद्ध मैदान मै ढलेका अराउजो बारे जाभीले दिए यस्तो अपडेट, के छ अवस्था ?