काठमाडौँ – साताको पाँचौ दिन आज सुनको मूल्य बढेको छ। साताको दुई दिन लगातार बढेर तेस्रो र चौंथो दिन घटेको सुनको मूल्य आज बढेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ८ सय रुपैंयाँले घटेको छ। जससँगै छापावाला सुनको मूल्य ९७ हजार ८ सय रुपैंयाँ कायम भएको छ।
त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि ८ सय रुपैंयाँले नै बढेको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रतितोला ९७ हजार ३ सय रुपैंयाँमा कारोबार भइरहेको छ।
चाँदीको मूल्य
आज सुन मात्र नभई चाँदीको मूल्य पनि बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य रु ५ ले बढेर नेपाली बजारमा १ हजार २ सय ५० रुपैंयाँमा कारोबार भइरहेको छ।