रोनाल्डो बने अप्रिल महिनाको प्रिमियर लिग उत्कृष्ट खेलाडी !

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डो प्रिमियर लिगमा अप्रिल महिनाको उत्कृष्ट खेलाडी बनेका छन् ।

३७ वर्षे रोनाल्डो यो सिजन दोस्रो पटक तथा समग्रमा छैटौं पटक ‘प्लेयर अफ दि मन्थ’ बनेका हुन् । यो सँगै उनी युनाइटेडबाट महिनाको उत्कृष्ट खेलाडीको अवार्ड धेरै जित्ने खेलाडी बनेका छन् ।

यसअघि इंग्लिस फरवार्ड वायने रोनीले पाँच पटक युनाइटेडबाट महिनाको उत्कृष्ट खेलाडीको अवार्ड जितेका थिए । अप्रिलमा रोनाल्डोले चार खेलमा ५ गोल गर्ने क्रममा प्रिमियर लिगमा आफ्नो गोलसंख्या एक सय पु¥याएका थिए । उनले क्लब करियरमा ५०औं ह्याट्रिक पनि अप्रिलमै पुरा गरेका थिए ।

रोनाल्डो प्रिमियर लिगमा धेरै पटक महिनाको उत्कृष्ट खेलाडीको अवार्ड जित्ने खेलाडीको होडमा उभिएका छन् । रोनाल्डोभन्दा अघि टोटेनहमका ह्यारी केन र म्यानचेस्टर सिटीका पूर्व फरवार्ड सर्जियो अगुएरोले समान ७ पटक यो अवार्ड जितेका छन् । रोनाल्डो यसै सिजन इटालियन क्लब युभेन्ट्सबाट युनाइटेड फर्किएका थिए ।

प्रकाशित : शुक्रबार, बैशाख ३०, २०७९०६:०१

लेभान्टे विरुद्ध रियलको ताण्डव, भिनिसियसको ह्याट्रिक !