काठमाडौंमा अपेक्षा अनुसार मत खसेन, बालेन मालामाल !

काठमाडौं, निर्वाचन आयोगले सबैभन्दा बढी मत खस्ने अपेक्षा गरेको महानगर हो- काठमाडौं । मतदाता संख्या समेत बढी भएकाले सोही आधारमा धेरै नै मत खस्ने अनुमान आयोगको थियो । तर, अपेक्षा अनुसार मत खस्न सकेन् ।

निर्वाचन आयोगका अनुसार काठमाडौं महानगरपालिकामा ५२ प्रतिशत मात्रै मत खसेको छ । शान्तिपूर्ण रुपमा निर्वाचन, मतदातको शुलभ पहुँचका बाबजुद पनि आधामात्रै मत खसेको आयोगले जनाएको छ ।

प्रमुख आयुक्त दिनेश कुमार थपलियाले सबै व्यवस्थापकीय हिसाबले राम्रो मानिएको काठमाडौं महानगरमा निकै कम मत खसेको बताए ।

‘हामीले काठमाडौं महानगरमा धेरै अपेक्षा गरेका थियौं । यो भन्दा त अपेक्षा नै नगरेका जिल्लामा पनि ७०, ७५ प्रतिशतसम्म मत खसेको छ । यो एकदमै गम्भीर र सोचनीय विषय बनेको छ ।’ थपलियाले भने । राजनीतिक दलको असहयोगका कारण निर्वाचन अपेक्षा अनुसार सफल हुन नसकेको उनको भनाइ छ ।

मतदाताको संख्यामा उल्लेख्य कमि आएसँगै यसको सिधा असर कांग्रेस र एमाले दुवै दलका उम्मेदवारलाई पर्ने देखिएको छ। यसको प्रतक्ष्य लाभ स्वतन्त्र उम्मेदवार बालेन शाहलाई जाने देखिन्छ।

प्रकाशित : शुक्रबार, बैशाख ३०, २०७९२२:५४

चामे गाउँपालिकामा एमालेले मार्यो बाजी, अध्यक्षमा घले !